त्यो दिन परमप्रभुले आफ्नो सुन्दर फलदायी दाखबारीलाई यसो भन्नुहुनेछ, “म त्यसको निरन्तर रेख-देख गर्दछु र पानी लाउँछु। कसैले केही खति गर्न नपाओस् भनी म रात-दिन पहरा दिँदछु। म मेरो दाखबारीसित अब रिसाएको छैनँ। बारीमा काँढा र सिउँडीहरू हुँदाहुन् त म ती पूरै आगोमा डढाइदिनेथिएँ। तर मेरा प्रजाका शत्रुहरूले मेरो सुरक्षा चाहन्छन् भने तिनीहरूले मसित मेल-मिलाप गरून्, हो, तिनीहरूले मसित मिलाप गरून्।” आउँदा दिनहरूमा याकूबका सन्तान इस्राएलका मानिसहरूले जरा गाड्नेछन् र तिनीहरूका कोपिला लाग्नेछन् र फर्कनेछन्। तिनीहरूले उत्पन्न गरेका फलले पृथ्वी भरिनेछ।
यशैया 27 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 27:2-6
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू