YouVersion लोगो
खोज आइकन

यशैया 19:20-25

यशैया 19:20-25 सरल नेपाली

ती कुराले सर्वशक्तिमान् परमप्रभु मिश्रमा हुनुहुन्‍छ भन्‍ने कुरा बुझाउँछ। जब त्‍यहाँका मानिसहरूमाथि अत्‍याचार हुँदछ र तिनीहरूले मद्दतको लागि परमप्रभुलाई पुर्कादछन्, उहाँले तिनीहरूका लागि एउटा मुक्तिदाता पठाउनुहुनेछ। परमप्रभु आफैं मिश्रबासीहरू माझ प्रकट हुनुहुनेछ, तब तिनीहरूले उहाँलाई ग्रहण गरी पुज्‍नेछन् र उहाँलाई बलिदान र भेटीहरू चढाउनेछन्। तिनीहरूले उहाँसित गम्‍भीर प्रतिज्ञाहरू गर्नेछन् र ती पूरा गर्नेछन्। परमप्रभुले मिश्रीहरूलाई दण्‍ड दिनुहुनेछ तर उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ। त्‍यो समय आएपछि मिश्र र अश्‍शूरका बीच एउटा राजमार्ग हुनेछ। ती दुई देशका मानिसहरू आपसमा आउ-जाउ गर्नेछन् र दुई जातिले एकसाथ पूजा गर्नेछन्। त्‍यो समय आएपछि इस्राएलचाहिँ मिश्र र अश्‍शूरको दाँजोमा आउनेछ र ती तीन राष्‍ट्रहरू सारा संसारको निम्‍ति आशिष्‌को कारण बन्‍नेछन्। सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई आशिष् दिनुहुनेछ र यसो भन्‍नुहुनेछ, “मिश्र मेरो प्रजा, अश्‍शूर मेरो सृष्‍टि र इस्राएल मेरो चुनिएको प्रजा, म तिमीहरूलाई आशीर्वाद दिनेछु।”

यशैया 19 पढ्नुहोस्