YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 12:19-21

२ कोरिन्थी 12:19-21 सरल नेपाली

यतिका कुरा हामीले आफ्‍नो बचाउमा भनेका छौं भन्‍ने सम्‍झ्‍यौ होला। परमेश्‍वरकै सामुन्‍ने ख्रीष्‍टमा भएर हामी भन्‍छौं। हामीले गरेका सबै कुराहरू तिमीहरूकै फाइदाका लागि हुन्। म त्‍यहाँ आउँदा मैले सोचेको भन्दा तिमीहरू बेग्‍लै भएका अनि तिमीहरूले सोचेका भन्दा म बेग्‍लै भएको हुन्‍छु कि भन्‍ने डर लागेको छ। तिमीहरूका बीचमा झगडा, डाहा र रिस गर्ने, आफ्‍नै भलो खोज्‍ने, गाली गर्ने, अर्काको कुरा गर्ने, अहङ्कार गर्ने, लडाइँ गर्नेहरू छन् भनी मलाई लागेको छ। अर्को पटक आउँदा मैले ती अघि नै पाप गर्ने र ती अशुद्ध काम, व्‍यभिचार गरेर पनि पछितो नगर्ने र पाप गर्नेका लागि शोक गर्नुपर्ला। यसरी परमेश्‍वरले मलाई तिमीहरूका सामुन्‍ने होच्‍याउनुहुन्‍छ कि भन्‍ने डर लागेको छ।

२ कोरिन्थी 12 पढ्नुहोस्