YouVersion लोगो
खोज आइकन

२ इतिहास 20:2-17

२ इतिहास 20:2-17 सरल नेपाली

केही मानिसहरू आएर यहोशापात राजालाई यस्‍तो खबर दिए, “एदोमबाट एउटा ठूलो सेना मृत सागरको पारिपट्टिबाट तपाईंलाई आक्रमण गर्न आइरहेको छ। तिनीहरूले अघि नै हासेसोन-तामार कब्‍जा गरिसके।” (यो एन-गदीको अर्को नाम हो।) यहोशापात तर्से र अगुवाइको लागि परमप्रभुसित प्रार्थना गरे। त्‍यसपछि सम्‍पूर्ण देशमा उपवास बस्‍न आज्ञा दिए। यहूदाका हरेक सहरबाट मानिसहरू परमप्रभुको अगुवाइ लिन हतारसाथ यरूशलेममा आए। तिनीहरू यरूशलेमका बासिन्‍दाहरू मन्‍दिरको नयाँ आँगनमा भेला भए। यहोशापात राजा गएर तिनीहरूका सामुन्‍नेमा उभिए र उच्‍च सोरले प्रार्थना गरे, “हे परमप्रभु, हाम्रा पुर्खाहरूका परमेश्‍वर, स्‍वर्गमा तपाईंले सारा संसारका जातिहरूमाथि राज्‍य गर्नुहुन्‍छ। तपाईं बलियो र शक्तिशाली हुनुहुन्‍छ। कसैले तपाईंको सामना गर्न सक्‍दैन। तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ। जब तपाईंका प्रजा इस्राएल यस देशमा सर्दैआए, तपाईंले यस देशमा बास गर्ने मानिसहरूलाई धपाउनुभयो र आफ्‍ना मित्र अब्राहामका सन्‍तानलाई त्‍यो देश सदाकालको निम्‍ति दिनुभयो। तिनीहरूले यहाँ बसोबास गरेर तपाईंको आदरमा मन्‍दिर बनाएका छन्। हामीमाथि दण्‍डका रूपमा आपत् आइलाग्दा, लडाइँ, महामारी र अनिकाल आएको खण्‍डमा हामी आएर तपाईंको आराधना गरिने यस मन्‍दिरको सामुन्‍ने खडा हुन सक्‍छौं भनी तिनीहरूले जान्‍दछन्। आफ्‍ना कष्‍टका दिनमा तिनीहरूले तपाईंलाई प्रार्थना गर्न सक्‍छन् र तिनीहरूको बिन्‍ती सुनेर तपाईंले तिनीहरूलाई बचाउनुहुन्‍छ। “अब अम्‍मोन, मोआब र एदोमका मानिसहरूले हामीलाई आक्रमण गरेका छन्। हाम्रा पुर्खाहरू मिश्रबाट निस्‍किआउँदा तपाईंले तिनीहरूलाई ती देशमा पस्‍न दिनुभएन। हाम्रा पुर्खाहरू ती देशका बाहिरबाट घुमेर आए र तिनलाई नाश पारेनन्। त्‍यसको बदलामा तिनीहरू हामीलाई तपाईंले दिनुभएको देशबाट धपाउन आउँदै छन्। तपाईं हाम्रा परमेश्‍वर हुनुहुन्‍छ! तिनीहरूलाई दण्‍ड दिनुहोस् किनभने हामीलाई आक्रमण गर्न आएको यो ठूलो सेनाअघि हामी असहाय छौं। के-कसो गर्ने भनेर हामी जान्‍दैनौं, तर हामी सहायताको निम्‍ति तपाईंतिर आँखा उचाल्‍छौं।” यहूदाका सबै पुरुषहरू आफ्‍ना स्‍वास्‍नी, बाल-बच्‍चालाई साथमा लिएर त्‍यहाँ मन्‍दिरमा उभिएका थिए। भीडमा भएका एक जना लेवीमाथि परमप्रभुको आत्‍मा उत्रनुभयो। तिनको नाम यहासेल थियो। तिनी जकरियाका छोरा थिए। तिनी मत्तन्‍याह, यहीएल र बनायाहबाट जन्‍मेका र आसापका गोत्रका पुरुष थिए। यहासेलले भने, “हे राजन्! अनि यरूशलेम र यहूदाका सबै बासिन्‍दाहरू हो! परमप्रभु भन्‍नुहुन्‍छ कि तिमीहरू यो ठूलो सेनाको सामना गर्न हताश नहुनू वा नडराउनू! लडाइँ परमेश्‍वरमा निर्भर छ, तिमीहरूमा होइन। भोलि तिनीहरू जीजको घाँटीबाट आएका बेलामा तिनीहरूमाथि हमला गर्नू। यरूएलको छेउको उजाड-भूमिमा पुर्‍याउने बेसी टुङ्गिएको ठाउँमा तिमीहरूसित तिनीहरूको भेट हुनेछ। तिमीहरूले यो लडाइँ लड्‍नुपर्नेछैन। खालि आफ्‍ना स्‍थानमा गई जागा होओ र पर्खिबस। परमप्रभुले तिमीहरूलाई विजय दिनुभएको देख्‍नेछौ। हे यहूदा र यरूशलेमका बासिन्‍दाहरू हो, दुबिधामा नपर, नडराओ! लडाइँ गर्न निस्‍क र परमप्रभु तिमीहरूसित हुनुहुन्‍छ!”

२ इतिहास 20 पढ्नुहोस्