खै, ज्ञानी कहाँ छ? खै, व्यवस्थाका पण्डित? यस युगको तर्कशास्त्री खै? के परमेश्वरले संसारको ज्ञानलाई बेकम्मा बनाउनुभएन? आफ्नो ज्ञान-बुद्धिको शक्तिमा संसारको मानिसले परमेश्वरलाई चिन्न सक्नेछैन भनी परमेश्वरले नै आफ्नो ज्ञानमा ठहराउनुभयो। त्यसो हुँदा परमेश्वरले त प्रचारको मूर्ख कुराबाटै विश्वास गर्नेलाई बचाउन चाहनुभयो। यहूदीहरूले प्रमाणको लागि अचम्मको काम र ग्रीकहरूले चाहिँ ज्ञान खोज्छन्, तर हामीले चाहिँ क्रूसमा झुन्ड्याइनुभएका ख्रीष्टकै प्रचार गर्छौं। यहूदीहरूका लागि यो ठेस लाग्ने कुरो भयो अनि ग्रीकहरूका लागि यो मूर्ख कुरो ठहरियो। तर परमेश्वरले बोलाउनुभएका यहूदी र अन्य मानिसहरूका लागि चाहिँ ख्रीष्ट नै परमेश्वरको शक्ति र परमेश्वरकै ज्ञान हुनुहुन्छ किनभने परमेश्वरको मूर्ख कुरा मानिसको ज्ञानभन्दा पनि ठूलो छ र परमेश्वरको कमजोरी मानिसको शक्तिभन्दा शक्तिशाली छ।
१ कोरिन्थी 1 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 1:20-25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू