YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 107:35-43

भजनसंग्रह 107:35-43 NNRV

उहाँले मरुभूमिलाई तालहरूमा, र सुक्‍खा जमिनलाई बग्‍ने खोलाहरूमा परिवर्तन गरिदिनुभयो। परमप्रभुले भोकाएकाहरूलाई त्‍यहाँ बस्‍न ल्‍याउनुभयो, अनि तिनीहरूले आफू बस्‍नलाई एउटा सहर निर्माण गरे। तिनीहरूले खेतमा बीउ छरे र दाखबारी लगाए, जसले असल फसल उत्‍पादन गर्‍यो। उहाँले तिनीहरूलाई आशिष्‌ दिनुभयो, अनि तिनीहरूको सङ्‌ख्‍यामा धेरै वृद्धि भयो, र तिनीहरूका गाईबस्‍तुहरूलाई उहाँले घट्‌न दिनुभएन। अत्‍याचार, विपत्ति र शोकले गर्दा, तिनीहरूको संख्‍या घट्यो र तिनीहरू होच्‍याइए। उहाँ जसले शासकहरूमाथि अपमान खन्‍याउनुहुन्‍छ, तिनीहरूलाई पथहीन मरुस्थलहरूमा भड्‌किहिँड्‌न दिनुभयो। तर दरिद्रहरूलाई उहाँले तिनीहरूको विपद्‌बाट उकास्‍नुभयो, र तिनका परिवारहरू भेड़ाका बथानझैँ बढ़ाउनुभयो। सोझाहरू यो देख्‍तछन्‌, र आनन्‍दित हुन्‍छन्‌, तर सबै दुष्‍टहरू आफ्‍ना मुख बन्‍द राख्‍छन्‌। जो बुद्धिमान्‌ छ, त्‍यसले यी कुराहरूमा ध्‍यान देओस्‌, र परमप्रभुको महान्‌ करुणामाथि विचार गरोस्‌।