कोही-कोही घोर अन्धकारमा बसे, कैदीहरू जो फलामका साङ्लाले बाँधिएर पीडामा थिए, किनभने तिनीहरूले परमेश्वरका वचनको विद्रोह गरेका थिए, र सर्वोच्चका सल्लाहको अवहेलना गरेका थिए। यसकारण उहाँले तिनीहरूलाई कठोर परिश्रममा पर्न दिनुभयो। तिनीहरू लोटे, तर तिनीहरूलाई गुहार गर्ने कोही भएन। तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकारा गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो। उहाँले तिनीहरूलाई घोर अन्धकारबाट बाहिर ल्याउनुभयो, र उहाँले तिनीहरूका बन्धन टुक्रा-टुक्रा पारिदिनुभयो। तिनीहरूले परमेश्वरको अचूक प्रेमको निम्ति र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्! किनभने उहाँले काँसाका मूल ढोकाहरू तोडिदिनुहुन्छ, र फलामे आग्लाहरू छिनालिदिनुहुन्छ। कोही-कोही आफ्नै विद्रोही चालले गर्दा मूर्ख बने, र आफ्नै अपराधको कारण विपत्तिमा परे। सब भोजनहरू तिनीहरूलाई अमन भयो, र तिनीहरू मृत्युको मुखसम्म पुगे। तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो। उहाँले आफ्नो वचन पठाउनुभएर तिनीहरूलाई निको पार्नुभयो, र तिनीहरूलाई मृत्युको खाड़लबाट उकास्नुभयो। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्चर्य कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्।
भजनसंग्रह 107 पढ्नुहोस्
सुन्नुहोस् भजनसंग्रह 107
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 107:10-21
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू