YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 106:16-31

भजनसंग्रह 106:16-31 NNRV

छाउनीमा तिनीहरू मोशासित र परमप्रभुमा अर्पण गरिएका हारूनसँग डाहा गरे। धर्ती फाटेर दातानलाई निल्‍यो, र अबीरामको दललाई पुरिदियो। तिनीहरूका समर्थकहरूका बीचमा आगो दन्‍किउठ्यो, आगोको ज्‍वालाले दुष्‍टहरूलाई भस्‍म पार्‍यो। होरेबमा तिनीहरूले बाछा बनाए, र धातुको मूर्तिपूजा गरे। यसरी तिनीहरूले आफ्‍नो गौरवलाई घाँस खाने गोरुको मूर्तिसँग साटे। तिनीहरूले आफ्‍ना उद्धारकर्ता परमेश्‍वरलाई बिर्से, जसले मिश्रदेशमा महान्‌ कार्यहरू गर्नुभएको थियो, जसले हामको देशमा आश्‍चर्यकर्महरू, र लाल समुद्रको किनारमा भयङ्कर काम गर्नुभएको थियो। यसकारण उहाँले तिनीहरूलाई नाश गर्छु भन्‍नुभएको थियो, तर उहाँको विनाश पार्ने क्रोध हटाउनलाई उहाँका चुनिएका जन मोशा उहाँको सामुन्‍ने खड़ा भए। तब तिनीहरूले सुन्दर देशलाई तुच्‍छ ठाने, तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन्‌। तिनीहरू आफ्‍ना पालहरूमा गनगनाए, र परमप्रभुको आज्ञापालन गरेनन्‌, यसकारण तिनीहरूलाई उजाड-स्‍थानमा विनाश पार्छु भनी उहाँले हात उचालेर शपथ खानुभयो, अनि तिनीहरूका वंशलाई जातिहरूका बीचमा छरपष्‍ट पार्छु, र तिनीहरूलाई देश-विदेशमा तितरबितर पार्छु भन्‍नुभयो। तिनीहरूले पोरको बाल देवताको पूजा गरे, र निर्जीव देवताहरूलाई चढ़ाएका बलिका थोकहरू खाए। तिनीहरूले आफ्‍ना दुष्‍ट कामले परमप्रभुलाई क्रोधित पारे, र तिनीहरूमा रूढ़ी फैलियो। तर पीनहास उठेर मध्‍यस्‍थता गरे, र यसैले रूढ़ी थामियो। अनि यो तिनको निम्‍ति पुस्‍तौँसम्‍म सदाको लागि धार्मिकता गनियो।