YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 105:39-45

भजनसंग्रह 105:39-45 NNRV

उहाँले आवरणको निम्‍ति बादल फिँजाउनुभयो, र राती उज्‍यालो दिनलाई आगो दिनुभयो। तिनीहरूले मागे, र उहाँले तिनीहरूलाई बट्टाई चराहरू दिनुभयो, र स्‍वर्गको रोटी तिनीहरूलाई प्रशस्‍त मात्रामा दिनुभयो। उहाँले चट्टान फोर्नुभयो, र पानी फुटिनिस्‍क्‍यो, र मरुभूमिमा नदीझैँ बग्‍यो। किनभने उहाँले आफ्‍ना सेवक अब्राहामलाई दिनुभएको पवित्र प्रतिज्ञा स्‍मरण गर्नुभयो। उहाँले आफ्‍ना मानिसहरूलाई आनन्‍दसाथ आफ्‍ना चुनिएकाहरूलाई जयजयकारको ध्‍वनिसाथ ल्‍याउनुभयो। उहाँले तिनीहरूलाई जाति-जातिहरूका देश दिनुभयो, र अरू मानिसहरूका परिश्रमको फल तिनीहरूले आफ्‍नो अधिकारमा पारे। तिनीहरूले उहाँका आदेशहरू पालन गरून्‌, र उहाँका नियमहरूलाई मानून्‌ भनेर नै यी सब भए। परमप्रभुको प्रशंसा गर।