YouVersion लोगो
खोज आइकन

हितोपदेश 22:9-12

हितोपदेश 22:9-12 NNRV

उदार मानिसले आफै पनि आशिष्‌ पाउनेछ, किनभने त्‍यसले आफ्‍नो भोजन गरीबलाई बाँड्‌छ। गिल्‍ला गर्नेलाई बाहिर निकालिदिनू, र खिचोला मेटिन्‍छ, कलह र अपमान टुङ्गिन्‍छन्‌। जसले हृदयको शुद्धता रुचाउँछ र जसको बोलीवचन अनुग्रहसहितको छ, त्‍यसको लागि राजा पनि मित्र हुनेछ। परमप्रभुको आँखाले ज्ञानको हेरचाह गर्छ, तर अविश्‍वासीका वचनहरूलाई उहाँले विफल गराउनुहुन्‍छ।