अब उहाँ तुरुन्तै सभाघरबाट निस्केर याकूब र यूहन्नाका साथमा सिमोन र अन्द्रियासको घरमा पस्नुभयो। सिमोनकी सासू जरोले थला परेकी थिइन्, र तिनीहरूले झट्टै उहाँलाई तिनको विषयमा भने। उहाँले नजिक आएर तिनको हात समाती तिनलाई उठाउनुभयो, र जरोले तिनलाई छोडिहाल्यो। अनि तिनले उहाँहरूको सेवा गरिन्। त्यो साँझ घाम डुबेपछि मानिसहरूले उहाँकहाँ बिरामीहरू र भूत लागेकाहरू जम्मैलाई ल्याए। सारा सहर नै घरको ढोकामा जम्मा भएको थियो। अनेक किसिमका रोगले ग्रस्त भएका धेरै बिरामीहरूलाई उहाँले निको पार्नुभयो, र धेरै भूतहरूलाई निकाल्नुभयो, तर भूतहरूले उहाँलाई चिनेका हुनाले उहाँले तिनीहरूलाई बोल्न दिनुभएन। बिहान उज्यालो हुनभन्दा धेरै अघि उठेर उहाँ बाहिर एकान्त ठाउँमा जानुभयो, र त्यहाँ प्रार्थना गर्नुभयो। सिमोन र तिनीसँग हुनेहरू उहाँलाई खोज्दैगए। उहाँलाई भेट्टाएपछि तिनीहरूले भने, “सबैले तपाईंलाई खोजिरहेका छन्।” तब उहाँले तिनीहरूलाई भन्नुभयो, “आओ, हामीहरू नजिकका अरू सहरहरूमा जाऔं, र त्यहाँ पनि म प्रचार गर्न पाऊँ, किनकि यसैको निम्ति म आएको हुँ।” अनि सारा गालीलमा तिनीहरूका सभाघरहरूमा प्रचार गर्दै र भूतहरूलाई निकाल्दै उहाँ हिँड्नुभयो। अनि एक जना कुष्ठरोगी उहाँकहाँ आएर घुँड़ा टेक्दै यसो भनेर बिन्ती गर्यो, “तपाईंले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ।” तब दयाले भरिएर उहाँले आफ्नो हात पसारी त्यसलाई छुनुभयो, र त्यसलाई भन्नुभयो, “म इच्छा गर्दछु, तिमी निको भइजाऊ।” त्यति नै बेला त्यसको कुष्ठरोग त्यसबाट हट्यो, र त्यो निको भइहाल्यो। अनि उहाँले त्यसलाई कड़ा आज्ञा दिएर यसो भनी तुरुन्तै पठाउनुभयो, “हेर, तिमीले यो कसैलाई नभन्नू, तर गएर तिमी आफैलाई पूजाहारीकहाँ देखाऊ र तिमी निको भएकोमा मानिसहरूका प्रमाणको लागि मोशाको आज्ञाबमोजिम बलि चढ़ाऊ।” तर त्यो निस्केर गयो, अनि यस विषयमा खुल्लमखुल्ला प्रचार गर्न लाग्यो, र येशू फेरि सहरमा खुलस्त प्रवेश गर्न सक्नुभएन, र एकान्त ठाउँहरूमा रहनुभयो। तर मानिसहरू चारैतिरबाट उहाँकहाँ आए।
मर्कूस 1 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 1:29-45
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू