YouVersion लोगो
खोज आइकन

यशैया 52:7-15

यशैया 52:7-15 NNRV

सुसमाचार प्रचार गर्नेहरूका पाउ डाँड़ाहरू हुँदो कति सुन्‍दर छन्, जसले शान्‍तिको घोषणा गर्दछन्, जसले शुभ समाचार ल्‍याउँछन्, जसले उद्धारको घोषणा गर्दछन्, जसले सियोनलाई भन्‍दछन्, “तेरा परमेश्‍वरले राज्‍य गर्नुहुन्‍छ।” ध्‍यानसित सुन्‌। तेरा पहरादारहरू आफ्‍नो सोर उचालेर एकसाथ आनन्‍दले कराउँछन्‌। जब परमप्रभु सियोनमा आउनुहुन्‍छ, तब तिनीहरूले त्‍यो आफ्‍नै आँखाले देख्‍नेछन्‌। हे यरूशलेमका भग्‍नावशेषहरू हो, आनन्‍दले एकसाथ गीतहरू गाओ, किनकि परमप्रभुले आफ्‍ना प्रजालाई सान्‍त्‍वना दिनुभएको छ, उहाँले मोल तिरेर यरूशलेमलाई छुटकारा दिनुभएको छ। सारा जातिहरूको दृष्‍टिमा परमप्रभुले आफ्‍नो पवित्र बाहुबल प्रकट गर्नुहुनेछ, र पृथ्‍वीको पल्‍लो छेउकाहरूले पनि हाम्रा परमेश्‍वरको उद्धारलाई देख्‍नेछन्‌। जाओ, जाओ, त्‍यहाँबाट जाओ, अशुद्ध थोक नछोओ! हे परमप्रभुका पात्र बोक्‍ने हो, त्‍यसबाट निस्‍केर आओ, र आफैलाई शुद्ध पार। तर तिमीहरू हतार-हतार गरेर अथवा भागेर जानेछैनौ, किनकि परमप्रभु तिमीहरूका अगिअगि जानुहुनेछ, इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्‍तिर रक्षक हुनुहुनेछ। हेर्, मेरो दासले बुद्धिले काम गर्नेछ। ऊ उचालिनेछ, अल्‍गाइनेछ र ऊ अति उच्‍च पारिनेछ। जसरी उसदेखि धेरै जना व्‍याकुल थिए— उसको अनुहार चिन्‍नै नसकिने गरी र उसको चेहरा मानिसको भन्‍दा पनि कुरूप बनाइएको थियो— त्‍यसरी नै उसले धेरै जातिहरूमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्‌। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्‍नेछन्, र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्‍नेछन्‌।