YouVersion लोगो
खोज आइकन

यशैया 33:2-6

यशैया 33:2-6 NNRV

हे परमप्रभु, हामीमाथि अनुग्रह गर्नुहोस्‌। हामी तपाईंको चाहना गर्दछौं। बिहानैपिच्‍छे तपाईं हाम्रा शक्ति र दु:खमा हाम्रो उद्धार हुनुहोस्‌। तपाईंका सोरको गर्जनमा मानिसहरू भाग्‍छन्‌। तपाईं उठ्‌नुहुँदा जाति-जातिहरू छरपष्‍ट हुन्‍छन्‌। हे जाति-जातिका मानिस हो, तिमीहरूका लूटको कटनी ससाना सलहहरूले खाएझैँ हुनेछ। सलहहरूझैँ मानिसहरू त्‍यसमा झम्‍टिनेछन्‌। परमप्रभु उच्‍च हुनुभएको छ, किनकि उहाँ उच्‍चमा विराजमान हुनुहुन्‍छ। उहाँले सियोनलाई न्‍याय र धार्मिकताले परिपूर्ण पार्नुहुनेछ। तिमीहरूका समयको लागि उहाँ पक्‍का जग र मुक्ति तथा ज्ञान र बुद्धिको बहुमूल्‍य भण्‍डार हुनुहुनेछ। परमप्रभुको भय मान्‍नु नै यस भण्‍डारको साँचो हो।