परमप्रभुले तिमीहरूलाई दु:खको रोटी र क्लेशको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू अझ लुकाइनेछैनन्। तिमीहरूका आफ्नै आँखाले तिमीहरूले तिनीहरूलाई देख्नेछौ। तिमीहरू दाहिने अथवा देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने आवाज सुन्नेछौ, “बाटो यही हो, यसैमा हिँड़।” तब खोपेर चाँदीले मोहोरिएका तिमीहरूका देवताहरू र सुनका तिमीहरूका मूर्तिहरू तिमीहरूले दूषित तुल्याउनेछौ। तिमीहरूले तिनलाई महिनावारीको अशुद्ध कपड़ाझैँ फालिदिनेछौ, र तिनलाई यसो भन्नेछौ, “पर जाओ!” तिमीहरूले जमिनमा छर्ने बीउका निम्ति उहाँले पानी पठाइदिनुहुनेछ। भूमिबाट उब्जने अन्न सप्रिएका र प्रशस्त हुनेछन्। त्यस दिन गाई-गोरुहरू फराकिला चरनमा चर्नेछन्। तिमीहरूका खेतमा हलो जोत्ने गोरु र गधाहरूले काँटा र बेल्चाले फैलाइराखेको नुनिलो दाना र भुस खानेछन्। त्यो ठूलो हत्याको दिन जब धरहराहरू भत्कन्छन्, तब सबै अल्गा-अल्गा पर्वतहरू र सबै उच्च डाँड़ाहरूमा पानीका खोलाहरू बग्नेछन्। त्यसबाहेक जब परमप्रभुले आफ्नो प्रजाका घाउहरू बाँध्नुहुनेछ, र उहाँले लाउनुभएको तिनीहरूका चोट निको पार्नुहुनेछ, त्यस दिन जून घामजस्तै लाग्नेछ र सूर्यको प्रकाश सात दिनको ज्योतिझैँ सात गुणा बढ़ी चहकिलो हुनेछ।
यशैया 30 पढ्नुहोस्
सुन्नुहोस् यशैया 30
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 30:20-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू