YouVersion लोगो
खोज आइकन

यशैया 27:2-6

यशैया 27:2-6 NNRV

त्‍यस दिन, “फल दिने एउटा सुन्‍दर दाखबारीको विषयमा गीत गाओ। म, परमप्रभु, त्‍यसको हेरचाह गर्छु। म त्‍यसमा निरन्‍तर पानी हाल्‍छु। म रातदिन त्‍यसको रेखदेख गर्छु, नत्रता कसैले त्‍यसलाई नोक्‍सानी गर्ला। म रिसाएको छैनँ। सिउँड़ी र काँढ़ाहरूले मलाई रोक्‍न उम्रेका भए त म तिनीहरूका विरुद्धमा लड़ाइँ गर्न जाइलाग्‍नेथिएँ। म तिनीहरूलाई जलाउनेथिएँ। तिनीहरू शरण लिन मकहाँ आऊन्‌। तिनीहरू मसित मिलाप गरून्‌। हो, तिनीहरू मसित मिलाप गरून्‌।” आउने दिनहरूमा याकूबले जरा गाड्‌नेछ, इस्राएल फुल्‍ने र फल्‍नेछ, र समस्‍त पृथ्‍वीलाई फलले भर्नेछ।