YouVersion लोगो
खोज आइकन

यशैया 19:20-25

यशैया 19:20-25 NNRV

मिश्रदेशमा सर्वशक्तिमान्‌ परमप्रभुको निम्‍ति त्‍यो एउटा चिन्‍ह र साक्षी हुनेछ। अत्‍याचारीहरूको कारण तिनीहरूले परमप्रभुलाई पुकारा गर्दा, उहाँले तिनीहरूका निम्‍ति एक जना मुक्तिदाता र एक जना रक्षक पठाउनुहुनेछ, र उहाँले तिनीहरूलाई छुटाउनुहुनेछ। यसरी परमप्रभु मिश्रीहरूमा प्रकट हुनुहुनेछ, र त्‍यस दिन तिनीहरूले परमप्रभुलाई स्‍वीकार गर्नेछन्‌। तिनीहरूले बलिदानहरू र अन्‍नबलिहरूद्वारा उहाँलाई आराधना गर्नेछन्, र तिनीहरूले परमप्रभुको निम्‍ति भाकल गरेर त्‍यो पूरा गर्नेछन्‌। परमप्रभुले मिश्रदेशलाई महामारीद्वारा प्रहार गर्नुहुनेछ। उहाँले तिनीहरूलाई हिर्काउनुहुनेछ, र तिनीहरूलाई निको पनि पार्नुहुनेछ। तिनीहरू परमप्रभुतर्फ फर्कनेछन्‌। उहाँले तिनीहरूको बिन्‍ती सुन्‍नुहुनेछ, र उहाँले तिनीहरूलाई निको पार्नुहुनेछ। त्‍यस दिन मिश्रदेशदेखि अश्‍शूर देशसम्‍म एउटा मूलबाटो हुनेछ। अश्‍शूरीहरू मिश्रदेशमा र मिश्रीहरू अश्‍शूर देशमा आवतजावत गर्नेछन्‌। मिश्रीहरू र अश्‍शूरीहरूले एकैसाथ आराधना गर्नेछन्‌। त्‍यस दिन मिश्र र अश्‍शूरका साथ पृथ्‍वीमा आशिष्‌को निम्‍ति इस्राएलचाहिँ तेस्रो देश हुनेछ। सर्वशक्तिमान्‌ परमप्रभुले तिनीहरूलाई यसो भनेर आशिष्‌ दिनुहुनेछ, “मिश्र मेरो प्रजा, अश्‍शूर मेरो हातको काम र इस्राएल मेरो उत्तराधिकारी धन्‍यका होऊन्‌।”