YouVersion लोगो
खोज आइकन

२ कोरिन्थी 12:19-21

२ कोरिन्थी 12:19-21 NNRV

के तिमीहरू यो सोचिरहेका छौ, कि यतिञ्‍जेल तिमीहरूका सामु हामी आफ्‍नै सफाइ दिइरहेका छौं? प्रिय हो, हामी परमेश्‍वरको सामुन्‍ने ख्रीष्‍टमा बोलिरहेका छौं, अनि यी सब तिमीहरूलाई बलिया बनाउनका निम्‍ति हो। किनभने म आउँदा मैले इच्‍छा गरेबमोजिम तिमीहरूलाई नभेट्टाउँला, र तिमीहरूले पनि मलाई आफूले इच्‍छा गरेबमोजिम भेट्टाउँदैनौ कि भन्‍ने मलाई डर लागेको छ। शायद त्‍यहाँ झगड़ा, डाह, क्रोध, स्‍वार्थ, बदख्‍वाइँ, निन्‍दो-चर्चो, अभिमान र गोलमाल हुन्‍छ होला। मलाई डर लाग्‍छ, कि म फेरि आउँदा मेरा परमेश्‍वरले मलाई तिमीहरूका सामुन्‍ने होच्‍याइदिनुहुनेछ, र धेरै जनाका निम्‍ति मैले शोक गर्नुपर्नेछ, जुनहरूले अघि पाप गरेका थिए, र आफूले गरेका अशुद्धता, व्‍यभिचार र छाडापनबाट पश्‍चात्ताप गरेका छैनन्‌ होला।