1
यर्मिया 22:3
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
याहवेह यसो भन्नुहुन्छ: जे न्यायसङ्गत र उचित छ, त्यही गर। जो लुटिएको छ, त्यसलाई अत्याचारीहरूको हातबाट मुक्त गर। विदेशी, टुहुरा-टुहुरी, विधवामाथि कुनै हानि अथवा अन्याय र अत्याचार नगर; अनि यस ठाउँमा निर्दोष मानिसहरूको रगत नबगाओ।
तुलना
अन्वेषण गर्नुहोस् यर्मिया 22:3
2
यर्मिया 22:15-16
“के धेरै देवदारु बटुलेर महङ्गो घर बनाउँदैमा, तँ राजा हुन्छस् र? के तेरा पितासँग खाने र पिउने कुरो थिएन? जे उचित र न्यायसङ्गत थियो, त्यसले त्यही गर्यो। यसकारण त्यसलाई सबै कुरामा भलाइ नै भयो। त्यसले गरिब र खाँचोमा परेकाहरूको पक्ष लियो; अनि त्यसको सबै कुरामा राम्रो भयो। के मलाई चिन्नुको अर्थ त्यही नै होइन र?” याहवेह घोषणा गर्नुहुन्छ।
अन्वेषण गर्नुहोस् यर्मिया 22:15-16
3
यर्मिया 22:13
“धिक्कार त्यसलाई, जसले अधर्मले आफ्नो महल बनाउँछ, जसले आफ्ना माथिल्ला कोठाहरू अन्यायले बनाउँछ; आफ्ना देशवासीहरूलाई तिनीहरूका परिश्रमको ज्याला नदिई सितैँमा काममा लगाउँछ।
अन्वेषण गर्नुहोस् यर्मिया 22:13
होम
बाइबल
योजनाहरू
भिडियोहरू