1
उत्पत्ति 15:6
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
अनि अब्रामले याहवेहमाथि विश्वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो।
तुलना
अन्वेषण गर्नुहोस् उत्पत्ति 15:6
2
उत्पत्ति 15:1
त्यसपछि दर्शनमा याहवेहको यो वचन अब्रामकहाँ आयो: “अब्राम, तँ नडरा; म तेरो ढाल हुँ, र तेरो इनाम अत्यन्त ठूलो हुनेछ।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 15:1
3
उत्पत्ति 15:5
उहाँले तिनलाई बाहिर लानुभयो र भन्नुभयो, “यदि तैँले गन्न सक्छस् भने आकाशतिर हेर्, र ताराहरू गन्।” तब उहाँले तिनलाई भन्नुभयो, “तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 15:5
4
उत्पत्ति 15:4
तब याहवेहको वचन फेरि तिनीकहाँ आयो: “यो मानिस तेरो उत्तराधिकारी हुनेछैन; तर तँबाटै जन्मिएको छोरो तेरो उत्तराधिकारी हुनेछ।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 15:4
5
उत्पत्ति 15:13
तब याहवेहले अब्रामलाई भन्नुभयो, “तैँले यो निश्चय जानिराख् कि तेरा सन्तानहरू चार सय वर्षसम्म अर्काको देशमा प्रवासी हुनेछन् र त्यहाँ तिनीहरूले दास भएर दुर्व्यवहार खप्नुपर्नेछ।
अन्वेषण गर्नुहोस् उत्पत्ति 15:13
6
उत्पत्ति 15:2
तर अब्रामले भने, “हे प्रभु याहवेह, तपाईंले मलाई के दिन सक्नुहुन्छ? किनकि म निःसन्तान छु, र मेरो सम्पत्तिको हकदार दमस्कसको एलीएजर नै हुनेछ।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 15:2
7
उत्पत्ति 15:18
त्यसै दिन याहवेहले अब्रामसित एउटा करार बाँध्नुभयो र भन्नुभयो, “म तेरा सन्तानहरूलाई यो देश दिनेछु, अर्थात् इजिप्टको नदीदेखि महानदी यूफ्रेटिससम्म
अन्वेषण गर्नुहोस् उत्पत्ति 15:18
8
उत्पत्ति 15:16
चौथो पुस्तामा तेरा सन्तानहरूहरू यहाँ फर्केर आउनेछन्; किनकि एमोरीहरूको अधर्म अहिलेसम्म पूरा भइसकेको छैन।”
अन्वेषण गर्नुहोस् उत्पत्ति 15:16
होम
बाइबल
योजनाहरू
भिडियोहरू