1
उपदेशक 1:18
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
किनकि धेरै बुद्धिले धेरै शोक ल्याउँछ; र धेरै ज्ञानले त्यससँगै धेरै कष्ट पनि बढाउँछ।
तुलना
अन्वेषण गर्नुहोस् उपदेशक 1:18
2
उपदेशक 1:9
जे भएको थियो, त्यही फेरि हुनेछ; जे गरिएको थियो, फेरि त्यही गरिनेछ; सूर्यमुनि कुनै कुरा नयाँ छैन।
अन्वेषण गर्नुहोस् उपदेशक 1:9
3
उपदेशक 1:8
सबै थोक विरक्तलाग्दा छन्, कसैले ती वर्णन गर्न सक्दैन। देखेर आँखा कहिल्यै सन्तुष्ट हुँदैन; न त सुनेर कान तृप्त हुन्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 1:8
4
उपदेशक 1:2-3
“अर्थहीन नै अर्थहीन!” उपदेशकले भन्दछन्, “पूर्ण रूपमा अर्थहीन! सबै थोक अर्थहीन हुन्।” मानिसहरूले सूर्यमुनि गरेका सबै परिश्रमबाट तिनीहरूलाई के नै लाभ हुन्छ र?
अन्वेषण गर्नुहोस् उपदेशक 1:2-3
5
उपदेशक 1:14
सूर्यमुनि गरिने सबै काम मैले देखेको छु; ती सबै अर्थहीन हुन्, बतासलाई खेदेको जस्तो मात्र हो।
अन्वेषण गर्नुहोस् उपदेशक 1:14
6
उपदेशक 1:4
पुस्ताहरू आउँछन्, र पुस्ताहरू जान्छन्; तर पृथ्वी सदासर्वदा रहिरहन्छ।
अन्वेषण गर्नुहोस् उपदेशक 1:4
7
उपदेशक 1:11
विगतका पुस्ताहरूलाई कसैले सम्झनेछैन, र आउनेवालाहरूलाई पनि कसैले सम्झनेछैन; त्यसपछि आउनेहरूले पनि सम्झना गर्नेछैनन्।
अन्वेषण गर्नुहोस् उपदेशक 1:11
8
उपदेशक 1:17
तब बुद्धि के रहेछ भनी बुझ्नलाई आफ्नो मन लगाएँ; यसै गरी पागलपन र मूर्खतामा पनि; अनि यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ भनी मैले जानेँ।
अन्वेषण गर्नुहोस् उपदेशक 1:17
होम
बाइबल
योजनाहरू
भिडियोहरू