कष्टमा परेर उनी नम्र भए, परमप्रभु आफ्ना परमेश्वरतिर फर्के र मद्दतको लागि उहाँलाई बिन्ती गरे। परमेश्वरले मनश्शेको प्रार्थना ग्रहण गर्नुभयो र प्रार्थनाको उत्तरमा उनलाई यरूशलेममा फर्काएर फेरि राज्य गर्न दिनुभयो। त्यसले गर्दा परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी मनश्शेलाई विश्वास भयो।