लूका 13:11-12
लूका 13:11-12 NNRV
त्यहाँ एउटी स्त्री थिई, जसलाई अठार वर्षदेखि दुर्बल पार्ने दुष्टात्मा लागेको थियो। त्यो कुप्री परेकी थिई, र आफै पूर्ण रूपले सीधा हुन सक्दिनथिई। येशूले त्यसलाई देख्नुभयो, र बोलाएर भन्नुभयो “ए नारी, तिमी आफ्नो दुर्बलताबाट मुक्त भयौ।”