1
यूहन्ना 6:35
नेपाली समकालीन संस्करण
तब येशूले घोषणा गर्नुभयो, “जीवनको रोटी म नै हुँ। जो मकहाँ आउँछ, त्यो कहिल्यै भोकाउनेछैन; र जसले ममाथि विश्वास गर्छ, त्यो कहिल्यै तिर्खाउनेछैन।
Salīdzināt
Izpēti यूहन्ना 6:35
2
यूहन्ना 6:63
आत्माले जीवन दिनुहुन्छ, शरीरले केही फाइदा दिँदैन। मैले तिमीहरूसँग बोलेका वचन आत्मा र जीवन हुन्।
Izpēti यूहन्ना 6:63
3
यूहन्ना 6:27
नष्ट हुने भोजनका निम्ति परिश्रम नगर, तर अनन्त जीवनसम्म रहिरहने भोजनका निम्ति परिश्रम गर, जुन भोजन तिमीहरूलाई मानिसको पुत्रले दिनेछन्। परमेश्वर पिताले उनैमाथि आफ्नो स्वीकृतिको छाप लगाउनुभएको छ।”
Izpēti यूहन्ना 6:27
4
यूहन्ना 6:40
किनकि मेरा पिताको इच्छा यही छ कि, प्रत्येक जसले पुत्रलाई हेर्छ र उसमाथि विश्वास गर्छ, त्यसले अनन्त जीवन प्राप्त गरोस्; र म त्यसलाई अन्त्यको दिनमा फेरि जीवित पार्नेछु।”
Izpēti यूहन्ना 6:40
5
यूहन्ना 6:29
येशूले जवाफ दिनुभयो, “परमेश्वरले चाहनुहुने काम यही हो: उहाँले पठाउनुभएको जनलाई विश्वास गर।”
Izpēti यूहन्ना 6:29
6
यूहन्ना 6:37
पिताले मलाई दिनुहुनेहरू सबै मकहाँ आउनेछन्; र मकहाँ आउने कसैलाई पनि म कहिल्यै त्याग्नेछैनँ।
Izpēti यूहन्ना 6:37
7
यूहन्ना 6:68
सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जाऔं? अनन्त जीवनका वचनहरू ता तपाईंसँग छन्।
Izpēti यूहन्ना 6:68
8
यूहन्ना 6:51
जीवित रोटी म नै हुँ, जो स्वर्गबाट ओर्लेर आयो। यदि कसैले यो रोटी खायो भने, त्यो सधैंभरि जिउनेछ। यो रोटी मेरो मासु हो, जो मैले संसारको जीवनका निम्ति दिनेछु।”
Izpēti यूहन्ना 6:51
9
यूहन्ना 6:44
मलाई पठाउनुहुने पिताले त्यसलाई नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन; अनि म त्यसलाई अन्त्यको दिनमा जीवित पार्नेछु।
Izpēti यूहन्ना 6:44
10
यूहन्ना 6:33
किनकि परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट तल ओर्लिआउँछन् र संसारलाई जीवन दिन्छन्।”
Izpēti यूहन्ना 6:33
11
यूहन्ना 6:48
जीवनको रोटी म नै हुँ।
Izpēti यूहन्ना 6:48
12
यूहन्ना 6:11-12
त्यसपछि येशूले रोटी लिएर धन्यवाद दिनुभयो, र त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहेजति बाँडिदिनुभयो। उहाँले माछा पनि त्यसै गरी बाँडिदिनुभयो। तिनीहरू सबैले प्रशस्त खाएर अघाएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “उब्रेका टुक्राहरू बटुल, र केही पनि खेर नजाओस्।”
Izpēti यूहन्ना 6:11-12
13
यूहन्ना 6:19-20
तिनीहरू डुङ्गा खियाउँदै लगभग पाँच किलोमिटरजति गएका थिए, तब तिनीहरूले येशूलाई पानीमाथि हिँडेर डुङ्गातिर आउँदै गर्नुभएको देखे, र तिनीहरू डराए। तर उहाँले तिनीहरूलाई भन्नुभयो, “म नै हुँ, नडराओ!”
Izpēti यूहन्ना 6:19-20
Mājas
Bībele
Plāni
Video