उत्पत्तिको पुस्तक 5

5
आदमको पारिवारिक इतिहास
1आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिको#5:1 मानिसजाति यसको अर्थ हुन्छ “आदम” वा “मान्छे” अथवा “मानिस” (प्रथम मानव)। सृष्टि गर्नुभयो। 2परमेश्वरले मानिसलाई पुरूष र स्त्री दुइ रुपमा सृष्टि गर्नुभयो। जब उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो तिनीहरूलाई आशिष दिनु भयो अनि तिनीहरूलाई “मानिस” भन्नुभयो।
3जब आदम 130 बर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो। 4सेतको जन्म भएपछि आदम अझ 800 बर्ष सम्म जीवित रहे अनि उनको अरू पनि छोरा-छोरीहरू भए। 5आदम 930 बर्षसम्म बाँचे र मरे।
6जब सेत 105 बर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे। 7एनोश जन्मेपछि सेत 807 बर्षसम्म जीवित रहे र यो समयमा सेतका अरू छोरा-छोरीहरू जन्मे। 8यसर्थ सेत जम्मा 912 बर्षसम्म बाँचे र मरे।
9एनोशको उमेर 90 बर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो। 10केनान जन्मेपछि एनोश 815 बर्ष सम्म बाँचे। यो समयमा एनोशका अरू छोरा-छोरीहरू पनि जन्मे 11यसर्थ एनोश जम्मा 905 बर्ष बाँचे र मरे।
12केनान 70 बर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे। 13महलेलले जन्म लिएपछि केनान 840 बर्ष उमेरसम्म बाँचे। त्यस समयमा केनानका आठ छोरा-छोरीहरूले पनि जन्म लिए 14यसर्थ केनान 910 बर्ष सम्म बाँचे र मरे।
15जब महलेल 65 बर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो। 16येरेद जन्मेपछि महलेल 830 बर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरू जन्मे। 17यसर्थ महलेल जम्मा 895 बर्ष सम्म बाँचे र मरे।
18जब येरेद 162 बर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखिय। 19हनोक जन्मिएपछि येरेद 800 बर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरू छोरा-छोरीहरू भए। 20यसर्थ येरेद जम्मा 962 बर्षसम्म बाँचे।
21जब हनोक 65 बर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो। 22मतूशेलह जन्मेपछि हनोक 300 बर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरू छोरा-छोरीहरू जन्मे। 23यसर्थ हनोक 365 बर्ष सम्म बाँचे। 24एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।
25जब मतूशेलह 186 बर्षको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो। 26लेमेक जन्मिएपछि मतूशेलह 682 बर्ष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरू पनि जन्मे। 27यसर्थ मतूशेलह 969 बर्ष सम्म बाँचे।
28जब लेमेक 182 बर्षको थिए उनको एउटा छोरा जन्मियो। 29उनले आफ्नो छोरोको नाउँ नूह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम देओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”
30नूह जन्मेपछि लेमेक 595 बर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरू छोरा-छोरीहरू जन्मे। 31लेमेक जम्मा 777 बर्षसम्मा बाँचे।
32नूह 500 बर्ष पुगेपछि उनको शेम, हाम र येपेत नाउँ भएका छोराहरू जन्मे।

वर्तमान में चयनित:

उत्पत्तिको पुस्तक 5: NERV

हाइलाइट

शेयर

कॉपी

None

Want to have your highlights saved across all your devices? Sign up or sign in