YouVersion Logo
Search Icon

उत्‍पत्ति 21

21
इसहाकको जन्म
1परमप्रभुले आफ्‍नो प्रतिज्ञाअनुसार सारालाई आशिष् दिनुभयो। 2#हिब्रू 11:11उनी गर्भवती भइन् र अब्राहाम बुढेसकालमा छोराका बुबा भए। परमेश्‍वरले भन्‍नुभएको समयअनुसार बालक जन्‍म्‍यो। 3अब्राहामले त्‍यसको नाम इसहाक राखे 4#उत्‍पत्ति 17:12; प्रेरित 7:8अनि आठ दिन पुगेपछि परमेश्‍वरको आज्ञाअनुसार त्‍यसको खतना गरे। 5इसहाक जन्‍मँदा अब्राहामको उमेर १०० वर्ष भएको थियो। 6साराले भनिन्, “परमेश्‍वरले मलाई आनन्‍द र हाँसी-खुसी गर्न दिनुभएको छ। यो कुरा सुन्‍ने सबैले मसँग हाँसी-खुसी गर्नेछन्।” 7तब उनले भनिन्‌, “साराले आफ्‍नो छोरा-छोरी हुर्काउनेछ भनी अब्राहामलाई कसले भन्‍न सक्‍नेथियो र? तापनि उनको बुढेसकालमा मबाट उनको एउटा छोरो जन्‍म्यो।”
8बालक बढ्दैगयो र त्‍यसले आमाको दूध खान छोडेको दिन अब्राहामले एउटा ठूलो भोज लगाए।
हागार र इश्‍माएल निकालिन्‍छन्
9एक दिन मिश्री हागारबाट जन्‍मेका अब्राहामको छोरो इश्‍माएलले उनको सारापट्टिको छोरो इसहाकसँग ठट्टा गर्दै थियो। 10#गलाती 4:29,30तिनीहरूलाई देखेर साराले अब्राहामलाई भनिन्, “यो कमारी र त्‍यसको छोरालाई कतै पठाइदिनुहोस्‌, मेरो छोरो इसहाकले तपाईंबाट पाउने धन-सम्‍पत्तिको कुनै हिस्‍सा त्‍यसका छोराले पाउनुहुन्‍न।” 11यस कुराले अब्राहामलाई मनमा औधी कष्‍ट भयो किनभने इश्‍माएल पनि उनको छोरो थियो। 12#रोमी 9:7; हिब्रू 11:18तर परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी कमारी हागार र त्‍यसका छोराको लागि चिन्‍ता नगर्‌। साराले जसो भन्‍छे, त्‍यसै गर्‌ किनभने मैले तँलाई प्रतिज्ञा गरेको तेरो सन्‍तान इसहाकबाट हुनेछ। 13कमारीका छोरालाई पनि धेरै छोरानाति दिनेछु र तिनीहरूबाट पनि एउटा जाति बन्‍नेछ। त्‍यो पनि तेरै छोरो हो।”
14भोलिपल्‍ट बिहानै अब्राहामले हागारलाई केही खाना र एउटा छालाको मशकभरि पानी काँधमा राखिदिए र बालकसाथ त्‍यसलाई बिदा गरिदिए र घरबाट निकालिदिए। त्‍यो हिँडी र बेर्शेबाको जङ्गलमा यताउता डुल्‍न लागी। 15पानी सबै सिद्धिएपछि बालकलाई एउटा पोथ्रामुनि छोडिराखेर 16आफू सय मिटरजति टाढा गएर बसी। त्‍यसले मनमा भनी, “मेरो बालक मरेको म हेर्न सक्‍दिनँ।” त्‍यो त्‍यहाँ बसेर रुन लागी।
17परमेश्‍वरले बालक रोएको सुन्‍नुभयो र स्‍वर्गबाट परमेश्‍वरका दूतले हागारलाई भने, “हागार, तँलाई के कुराको दु:ख पर्‍यो? नडरा। परमेश्‍वरले बालक रोएको सुन्‍नुभएको छ। 18उठ्, गएर त्‍यसलाई उठा र फकाएर शान्‍त पार्‌। त्‍यसका वंशबाट म एउटा ठूलो जाति बनाउनेछु।” 19तब परमेश्‍वरले त्‍यसका आँखा खोलिदिनुभयो र त्‍यसले एउटा इनार देखी। त्‍यसले गएर मशकमा पानी भरी र केही पानी बालकलाई खुवाई। 20बालक बढ्दैगयो अनि परमेश्‍वर त्‍योसित हुनुहुन्‍थ्‍यो। त्‍यो पारानको जङ्गलमा बस्‍न लाग्‍यो र एउटा सिपालु शिकारी भयो। 21त्‍यसकी आमाले एउटी मिश्री स्‍वास्‍नी त्‍यसलाई ल्‍याइदिई।
अब्राहाम र अबीमेलेकबीच भएको सम्‍झौता
22 # उत्‍पत्ति 26:26 त्‍यति बेला अबीमेलेकले आफ्‍ना सेनापति पीकोलसँग गई अब्राहामलाई भने, “तपाईंले गरेका सबै काममा परमेश्‍वर तपाईंसित हुनुहुन्‍छ। 23यसकारण परमेश्‍वरको सामु यहाँ तपाईंले मलाई मेरा छोरा-छोरीहरूलाई र तिनका सन्‍तानहरूलाई समेत छल्‍ने काम गर्नेछैनौ भनी शपथ खानुहोस्‌। म तपाईंसित विश्‍वासयोग्‍य रहेको छु। यसकारण तपाईं पनि म र यो तपाईंले बास गरेको देशसित विश्‍वासयोग्‍य रहनुहुनेछ भनी प्रतिज्ञा गर्नुहोस्‌।”
24अब्राहामले भने, “म प्रतिज्ञा गर्दछु।”
25अबीमेलेकका चाकरहरूले जब्‍बरजस्‍ती अधीन गरेको एउटा इनारको बारेमा अब्राहामले अबीमेलेकलाई भने। 26अबीमेलेकले भने, “यो काम कसले गर्‍यो, म जान्‍दिनँ। तपाईंले मलाई केही भन्‍नुभएन र आज पहिलोपल्‍ट म यो कुरा सुन्‍दै छु।” 27तब अब्राहामले केही भेडा र गाई-वस्‍तुहरू अबीमेलेकलाई दिए र ती दुईले आपसमा राजी भई सम्‍झौता गरे। 28अब्राहामले आफ्‍नो बथानदेखि सातवटा भेडाका पाठा अलग गरे। 29अबीमेलेकले सोधे, “किन तपाईंले त्‍यसो गर्नुभयो?”
30अब्राहामले जवाफ दिए, “यो सातवटा भेडाका पाठा तपाईं लिनुहोस्। त्‍यसो गर्दा यो इनार खन्‍ने म अब्राहाम नै हो भनी तपाईंले मानेको हुनेछ।” 31र यसरी त्‍यस ठाउँको नाम बेर्शेबा राखियो किनभने त्‍यहीँ ती दुईले आपसमा शपथ खाएका थिए।
32यसरी बेर्शेबामा सम्‍झौता बाँधेपछि अबीमेलेक र पीकोल पलिश्‍त देशमा फर्की गए। 33तब अब्राहामले बेर्शेबामा एउटा झ्‍याउको रूखको बोट रोपे र परमप्रभु अनन्‍त परमेश्‍वरको आराधना गरे। 34धेरै दिनसम्‍म अब्राहामले पलिश्‍तमा बास गरे।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in