YouVersion Logo
Search Icon

मत्ती 6:16-18

मत्ती 6:16-18 NCV

“जब तिमीहरू उपवास बस्दछौ, कपटीहरूजस्ता उदास भएर नबस, किनकि मानिसहरूलाई देखाउनलाई तिनीहरूले आफ्ना अनुहार बिगार्दछन्। म तिमीहरूलाई साँचो कुरो भन्दछु, तिनीहरूले आफ्ना सम्पूर्ण प्रतिफल पाइसकेका छन्। तर जब तिमीहरू उपवास बस्दछौ तब शिरमा तेल लगाओ, अनि आफ्नो मुख धोओ, र तिमीहरू उपवास बसेका छौ भनेर कुनै मानिसले होइन, तर तिमीहरूका अदृश्य पिताले मात्र देखून्। अनि गुप्‍तमा गरिएका काम देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई प्रतिफल दिनुहुनेछ।