लूका 7:7-9
लूका 7:7-9 NCV
त्यसकारण म आफैलाई पनि तपाईंकहाँ आउनसक्ने योग्यको ठानिनँ। तर वचन भनिदिनुहोस् र मेरो सेवक निको हुनेछ। किनकि म आफू पनि अधिकारमुनि रहने मानिस हुँ, अनि मेरा अधीनतामा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा,’ भन्छु अनि त्यो जान्छ, अनि अर्कोलाई ‘आइज,’ भन्छु, अनि त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्,’ भन्छु, अनि त्यसले त्यो गर्छ।” यो सुनेपछि येशू तिनीसँग आश्चर्य चकित हुनुभयो, र आफूलाई पछ्याइरहेका भीडतिर फर्केर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले यति ठूलो विश्वास इस्राएलीहरूमा पनि देखेको छैनँ।”