तीतस 3
3
ख्रीष्टिय चालचलन
1सरकार र सरकारी मानिसहरूका अधीनमा रहनुपर्छ भनी त्यहाँका मानिसहरूलाई सम्झाऊ। तिनीहरूले हरेक किसिमले भलो गर्न तयार रहून्। 2तिनीहरूले कसैको विरोध नगरून् अनि झगडा पनि नगरून् तर सबै मानिसहरूसँग सुधा र मिलनसार होऊन् 3किनभने हामीहरू आफैं पनि एक समय मूर्ख, अनाज्ञाकारी र भुलमा परेका थियौं। हामीहरू नराम्रा इच्छाहरू र सबै प्रकारका सुख-विलासका कमाराहरू थियौं। हामीहरू आफ्नो जीवन द्वेष र डाहमा बिताउँथ्यौं; हेलित थियौं र एक-अर्कालाई हेला गर्थ्यौं। 4तर जब हाम्रा मुक्तिदाता परमेश्वरको दया र मानिसप्रतिको प्रेम हामीले देख्यौं, 5उहाँले हामीलाई बचाउनुभयो। हामी आफैंले कुनै असल काम गरेको हुनाले त यसो भएको होइन। तर उहाँकै दयाअनुसार उहाँले नयाँजन्म दिने नुहाइ र पवित्र आत्माको जीवन बदलाउने शक्तिद्वारा हामीलाई बचाउनुभएको हो। 6मुक्ति दिनुहुने प्रभु येशू ख्रीष्टले गर्दा परमेश्वरले उही पवित्र आत्मा हामीमाथि प्रशस्त गरी खन्याउनुभयो। 7यसरी उहाँको अनुग्रहले हामी परमेश्वरका अघि ठीक ठहरिन सक्यौं अनि हामीले आशा राखेका अनन्त जीवनको पनि हकदार हुन सक्यौं। 8यो साँचो कुरो हो।
परमेश्वरमा विश्वास गर्ने जतिले असल काम गर्न ध्यान देऊन् भनेर तिमीले जोड दिएको म चाहन्छु। यी असल काम गर्नु नै हाम्रा मानिसहरूलाई फाइदा दिने कुरो हो। 9तर बेमतलबका छलफल, लामालामा पुर्ख्यौली कथा र व्यवस्थासम्बन्धी झैझगडाहरूबाट भने तर्किएर बस। ती व्यर्थका काम नलाग्ने कुरा हुन्। 10फाटो ल्याउने मानिसलाई एक-दुई पल्ट सम्झाइदिनू र भएन भने कुनै सम्बन्धै नराख्नू। 11यो तिमीलाई थाहै छ, यस्ता मानिसको इज्जत नै बिग्रिएको हुन्छ र आफ्नो पापले आफैं दोषी ठहरिन्छ।
आखिरी सल्लाह
12 #
प्रेरित 20:4; एफिसी 6:21,22; कलस्सी 4:7,8; २ तिमोथी 4:12 अर्तिमास वा तुखिकसलाई मैले पठाउने बित्तिकै तिमीचाहिँ निकोपोलिसमा मलाई भेट्न जसरी भए पनि आऊ किनभने मैले त्यहीं नै हिउँदभरि बस्ने विचार गरेको छु। 13#प्रेरित 18:24; १ कोरिन्थी 16:12वकील जेनास र अपोल्लोसलाई बाटामा अलि परसम्म पुर्याइदिनू र तिनीहरूलाई चाहिने कुराहरूको पनि याद राख्नू। 14हाम्रा मानिसहरूले व्यर्थमा जीवन खेर नफालून्। असल काम गर्न आफ्ना समय बिताऊन्, जसबाट अति आवश्यक वस्तु जुटाउन सकिन्छ। 15यहाँ मसँग हुने सबैले तिमीलाई अभिवादन पठाएका छन्। त्यहाँ भएका प्यारा ख्रीष्टिय दाजुभाइहरूलाई पनि हाम्रो अभिवादन भनिदेओ। परमेश्वरको अनुग्रह तिमी र अरू सबैमा रहोस्।
Currently Selected:
तीतस 3: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.