प्रकाश 5
5
थुमाको दर्शन
1 #
इजकिएल 2:9,10; यशैया 29:11 सिंहासनमा विराजमान् हुनुहुनेको दाहिने हातमा मैले एउटा बेरिएको कागजको मुट्ठा देखें। त्यो कागजको मुट्ठाको भित्र र बाहिर दुवैपट्टि लेखिएको थियो र त्यसलाई सातवटा मोहर लगाएर बन्द गरिएको थियो। 2अनि परमेश्वरका एक जना शक्तिशाली दूत मैले देखें। ठूलो सोरले उनले यसो भनेर सोधे, “यो मोहर तोडी कागजको मुट्ठा खोल्न को योग्य छ?” 3तर स्वर्गमा, पृथ्वीमा अनि पातालमा कागज खोलेर भित्र हेर्न सक्ने कोही पनि थिएन। 4यसो हुँदा म धेरै रोएँ, कारण कागजको मुट्ठा खोलेर हेर्न कोही योग्यको पाइएन। 5#उत्पत्ति 49:9; यशैया 11:1,10एक जना धर्म-गुरुले मलाई भने, “नरोऊ, हेर, यहूदा कुलको सिंह, जो दाऊदका वंशका महान् हुनुहुन्छ, उहाँ विजयी हुनुभएको छ र सातवटा मोहर तोडी त्यो कागजको मुट्ठा खोल्न सक्नुहुन्छ।”
6 #
यशैया 53:7;
जकरिया 4:10
त्यसपछि मैले चार जीवित प्राणीहरू र धर्म-गुरुहरूले घेरेको त्यो सिंहासनको बीचमा एउटा थुमा उभिरहेको देखें। यो थुमाचाहिँ मारिएको जस्तो देखिन्थ्यो। त्यसका सातवटा सिङ र सातै आँखा थिए जुनचाहिँ सारा पृथ्वीमा पठाइएका परमेश्वरका सात आत्मा हुन्। 7अघि बढेर थुमाले सिंहासनमा विराजमान् हुनुहुनेको दाहिने हातबाट त्यो कागजको मुट्ठा लिनुभयो।
8 #
भजनसंग्रह 141:2
त्यति नै खेर ती चारवटा जीवित प्राणीहरू र चौबीस जना धर्म-गुरुले थुमाको चरणमा दण्डवत् गरे। प्रत्येकको हातमा एउटा वीणा र धूपको सुबासनाले भरिएको सुनको बटुको थियो। ती धूपका बास्नाचाहिँ परमेश्वरका भक्तहरूका बिन्ती-प्रार्थनाहरू हुन्। 9#भजनसंग्रह 33:3; 98:1; यशैया 42:10उनीहरूले यसो भनेर एउटा नयाँ गीत गाए,
“यस कागजको मुट्ठा लिन र यसका मोहर तोडेर खोल्न तपाईं मात्र योग्य हुनुहुन्छ
किनभने तपाईं मारिनुभयो र आफ्नो रगतले सबै कुल, भाषा, देश र जातिबाट परमेश्वरको लागि मानिसहरूलाई किन्नुभयो।
10 #
प्रस्थान 19:6; प्रकाश 1:6 त्यसबाट हाम्रा परमेश्वरका सेवा गर्नलाई पूजाहारीको एउटा राज्य खडा गर्नुभयो
अनि तिनीहरूले संसारमाथि राज गर्नेछन्।”
11 #
दानिएल 7:10
फेरि मैले हेरें र करोडौं स्वर्गदूतहरू गाइरहेका सुनें। 12उनीहरूले मूल सिंहासन, चार जीवित प्राणीहरू र धर्म-गुरुहरूको वरिपरि उभी गाइरहेका थिए:
“बलि भई मारिनुभएका थुमा अधिकार, धन, बुद्धि, बल, मान, आदर र जयजयकार लिन योग्यको हुनुहुन्छ!”
13स्वर्ग, पृथ्वी, पाताल र समुद्रमा सबै प्राणीले यो गीत गाइरहेका मैले सुनें,
“सिंहासनमा विराजमान् हुनुहुने र थुमालाई
सदासर्वदा जयजयकार, आदर, सम्मान् र अधिकार भइरहोस्!”
14अनि ती चारवटा जीवित प्राणीहरूले, ‘आमेन’ भनेर जवाफ दिए अनि धर्म-गुरुहरूले चाहिँ दण्डवत् गर्दै आराधना गरे!
Currently Selected:
प्रकाश 5: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.