भजनसंग्रह 20
20
विजयको लागि प्रार्थना
1तिमी दु:खमा पर्दा परमप्रभुले तिमीलाई उत्तर देऊन्!
याकूबका परमेश्वरले तिम्रो रक्षा गरून्!
2उहाँले आफ्नो मन्दिरबाट तिमीलाई सहायता पठाऊन्
र सियोन पहाडबाट तिमीलाई सहायता गरून्।
3उहाँले तिम्रा सबै भेटी ग्रहण गरून्
र तिम्रा सारा बलिदानसँग प्रसन्न होऊन्।
4तिमीलाई उहाँले तिम्रा इच्छाअनुसार देऊन्
र तिम्रा सबै योजनाहरू सफल गराऊन्।
5तब हामी तिम्रो विजयमा आनन्दको सोर उठाउनेछौं
र हाम्रा परमेश्वरलाई प्रशंसा दिएर तिम्रो विजय मनाउनेछौं।
परमप्रभुले तिम्रा सबै बिन्तीका उत्तर देऊन्।
6अब म जान्दछु कि परमप्रभुले आफूले चुन्नुभएको राजालाई विजय दिनुहुन्छ;
आफ्ना पवित्र स्वर्गदेखि उनलाई उत्तर दिन्छ
र आफ्नो शक्तिद्वारा उनलाई ठूल्ठूला विजय दिनुहुन्छ।
7कोही आफ्नो लडाइँका रथमाथि भर पर्दछन् र कोही आफ्ना घोडामाथि,
तर हामी परमप्रभु हाम्रा परमेश्वरको शक्तिमा भर पर्दछौं।
8ती मानिसहरू ठेस खाएर लड्नेछन्।
तर हामी उठेर दृढ खडा रहनेछौं।
9हे परमप्रभु! राजालाई विजय दिनुहोस्।
हामीले पुकार्दा हामीलाई उत्तर दिनुहोस्।
Currently Selected:
भजनसंग्रह 20: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.