लूका 4:5-8
लूका 4:5-8 सरल नेपाली
त्यसपछि शैतानले येशूलाई अग्लो पहाडमा लगेर एकै छिनमा संसारका सबै राज्यहरू देखाउँदै उहाँलाई भन्यो, “म तपाईंलाई यी सबै राज्यको राजा र यी सबै धन-दौलतको मालिक बनाउन सक्छु किनभने यी जम्मै मेरा हातमा छन् र मैले चाहेकालाई दिन सक्छु। मलाई ढोग्नुहोस् र यी सबै थोक तपाईंकै हुनेछन्।” येशूले त्यसलाई जवाफ दिनुभयो, “धर्मशास्त्रमा के लेखिएको छ, सुन्– तैँले परमप्रभु आफ्ना परमेश्वरलाई मात्र ढोग् र उहाँकै आदर गर्।”