YouVersion Logo
Search Icon

लेवी पुस्‍तक परिचय

पुस्‍तक परिचय
यस पुस्‍तकमा प्राचीन इस्राएलमा भएका पूजाका नियमावली, धार्मिक रीति-विधिहरू र ती पूरा गर्नलाई खटाइएका पूजाहारीहरूले पालन गर्नुपर्ने नियमहरू पाइन्‍छन्।
यस पुस्‍तकको मुख्‍य विषय परमेश्‍वरको पवित्रता हो। इस्राएलीहरूले इस्राएलका पवित्र परमेश्‍वरसँग आफ्‍नो सम्‍बन्‍ध राख्‍न परमेश्‍वरलाई पुज्‍ने र आफ्‍नो जीवन व्‍यतित गर्ने ठीक तरिकाहरू पनि यस पुस्‍तकमा छन्। येशू ख्रीष्‍टले दोस्रो महान् आज्ञा भनी बताउनुभएको प्रसिद्ध वाक्‍य: “आफ्‍ना छिमेकीलाई आफैंलाई झैँ प्रेम गर,” यस पुस्‍तकको १९:१८ मा पाइन्‍छ।
संक्षिप्‍त विषय-सूची
भेटी र बलिदानसम्‍बन्‍धी नियमहरू १:१—७:३८
हारून र तिनका छोराहरू पूजारी पदमा खटाइएका ८:१—१०:२०
शुद्धि र अशुद्धिका विधिबारे नियमहरू ११:१—१५:३३
प्रायश्‍चितको दिन १६:१-३४
जीवनको रहनसहन र पूजामा पवित्रताका नियमहरू १७:१—२७:३४

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in