यूहन्ना 6:11-12
यूहन्ना 6:11-12 सरल नेपाली
येशूले ती पाँच वटा रोटी लिएर परमेश्वरलाई धन्यवाद चढाउनुभयो र बसेका मानिसहरूले खाऊन् भनेर चेलाहरूलाई बाँड्न लगाउनुभयो। माछालाई पनि त्यसै गरी बाँड्न लगाउनुभयो। मानिसहरूले अघाउञ्जेल खाए। तिनीहरू अघाइसकेपछि येशूले चेलाहरूलाई भन्नुभयो, “उब्रिएका टुक्राहरू बटुल, अलिकति पनि खेर नजाओस्।”