यशैया 21
21
बेबिलोनको पतनबारे दर्शन
1बेबिलोनियाबारे यो अगमवाणी छ: मरुभूमिमा जोडसित हावाको भूमरी चलेझैँ एउटा देशबाट भयानक विनाश आउनेछ। 2मैले एउटा दर्शन देखें– निर्दयी घटनाहरू, विश्वासघात र सर्वनाशको दर्शन।
ए एलामको सेना, आक्रमण गर! ए मादी सेना, सहर घेरा हाल! बेबिलोनले दिएको कष्टहरू परमेश्वरले अन्त गराउनुहुनेछ।
3मैले दर्शनमा देखेको र सुनेको कुराले मलाई भय र कष्टमा पारेका छन्। त्यो कष्ट आइमाईलाई बच्चा जन्माउन लाग्दा परेको पीडाझैँ छ। 4मलाई रिंगटा लागेको र म डरले काँप्दछु। कहिले साँझ पर्ला भनी म पर्खिरहेथें, साँझ त पर्यो तर त्यसले डर पो लिएर आएछ।
5दर्शनमा भोजन तयार पारिएको छ; पाहुनाहरूलाई बस्न कम्बलहरू ओछ्याएका छन्। तिनीहरूले खाँदै र पिउँदै थिए। अचानक हुकुम आयो, “हाकिमहरू हो, तयार होओ! आफ्ना ढालहरू उठाओ!”
6त्यसपछि परमप्रभुले मलाई भन्नुभयो, “जा र एउटा पहरेदार खटा र त्यसले जे-जे देख्छ, ती तँलाई भन्न लगा। 7जोडी-जोडी भई घोडामा चढेको, गधा र ऊँटमा सवार भएका मानिसहरू आएका देख्यौ भने त्यसले तिनीहरूलाई होशियारसित हेरोस्।”
8पहरेदारले भन्यो, “हजुर, रातदिन म आफ्नो ठाउँमा पहरा दिइराखेको छु।”
9 #
प्रकाश 14:8; 18:2 अचानक तिनीहरू आउन लागे, घोडामा चढेका मानिसहरू जोडी-जोडी गरेर। पहरादारले खबर दियो, “बेबिलोनको पतन भयो! तिनीहरूले पुज्ने गरेका सबै मूर्तिहरू टुक्रा-टुक्रा भई जमिनमा छरिएका छन्।”
10हे मेरा प्रजा इस्राएल, खलामा गहुँ पिटिएझैँ तिमीहरू पिटिएका छौ। मैले जे शुभ-खबर सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वरबाट सुनें, त्यही तिमीहरूलाई सुनाउँदछु।
एदोमबारे अगमवाणी
11यो अगमवाणी एदोमबारे हो:
“ए पहरेदार, रात अब कति बाँकी छ? कहिले यसको अन्त हुन्छ, मलाई भनिदेऊ, कसैले मलाई एदोमबाट सोध्यो।”
12मैले जवाफ दिएँ, “बिहान हुन लाग्यो। तर फेरि रात पर्नेछ। तिमीलाई फेरि केही सोध्नु छ भने फेरि आएर सोधे हुन्छ।”
अरब देशबारे अगमवाणी
13अरब देशबारे यो अगमवाणी हो:
ददानका बासिन्दाहरू हो, जसका यात्रा-दलले अरब देशका उजाडभूमिमा पाल हाल्दछन्, 14तिमीहरूकहाँ आउने तिर्खाएका मानिसहरूलाई पानी पिउन देओ। हे तेमाका बासिन्दाहरू हो, तिमीहरूको शरण पर्न आएकाहरूलाई भोजन देओ। 15तिनीहरूलाई मार्न उठाएका तरवार र तानेका धनु र लडाइँका विपद्बाट बाँच्न मानिसहरू भागिरहेका छन्।
16तब परमप्रभुले मलाई भन्नुभयो, “आजको ठीक एक वर्षमा केदारका कुल-कुलका महान्ताको अन्त हुनेछ। 17धनु-काँड चलाउनेहरू केदारका बहादुर मानिसहरू हुन् तर तिनीहरू थोरै मात्र बाँच्नेछन्। म परमप्रभु, इस्राएलका परमेश्वर बोलिरहेको छु।”
Currently Selected:
यशैया 21: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.