हिब्रू 9
9
संसारिक र स्वर्गीय आराधना
1पहिलेको करारमा परमेश्वरको भक्ति गर्ने बारेमा नियमहरू राखिएका थिए। मानिसहरूले नै बनाएको भक्ति गर्ने एउटा पवित्र स्थान पनि थियो। 2#प्रस्थान 26:1-30; प्रस्थान 25:31-40; प्रस्थान 25:23-30एउटा पवित्र पाल बनाइएको थियो र त्यसको बाहिरपट्टिको भागलाई पवित्र स्थान भनिन्थ्यो। यसमा चाहिँ बत्ती, टेबिल र परमेश्वरलाई चढाइएका रोटीहरू राखिएका थिए। 3#प्रस्थान 26:31-33दोस्रो पर्दाको पछाडिपट्टिको ठाउँलाई महापवित्र स्थान भनिन्थ्यो। 4#प्रस्थान 30:1-6; प्रस्थान 25:10-16; प्रस्थान 16:33; गन्ती 17:8-10; प्रस्थान 25:16; व्यवस्था 10:3-5यसमा धूप बाल्ने सुनको वेदी राखिएको थियो। सुनले नै मोहोरेको करारको सन्दुक पनि थियो। त्यस सन्दुकमा सुनको भाँडामा मन्न राखिएको थियो। कोपिला लागेको हारूनको एउटा लौरो र परमेश्वरका करारका आज्ञाहरू लेखिएका दुई ओटा ढुङ्गाका पाटीहरू पनि यसैमा थिए। 5#प्रस्थान 25:18-22परमेश्वर नै त्यहाँ हुनुहुन्छ भनेर देखाउन त्यस सन्दुकमाथि चहकिला स्वर्गदूतहरूका पखेटाहरू पाप क्षमा गर्ने ठाउँमाथि फैलिएका थिए। तर अहिलेचाहिँ ती सबै कुरा एक-एक गरेर बताउन सकिंदैन।
6 #
गन्ती 18:2-6
यसरी सबै कुरा मिलाइएका थिए। बाहिरपट्टिको पवित्र स्थानमा चाहिँ पूजाहारीहरू दिनदिनै पूजा गर्न जाने गर्छन्। 7#लेवी 16:2-34भित्रपट्टिको महापवित्र स्थानमा चाहिँ प्रधान पूजाहारी मात्र जान पाउँछन्, त्यो पनि वर्षमा एक पटक मात्र। उनले रगत नलिईकन त्यो महापवित्र स्थानमा पस्न पाउँदैनन्। उनले त्यो रगत आफूले गरेको पापको लागि र मानिसहरूले नजानी गरेका पापको लागि चढाउने गर्छन्। 8पवित्र पालको बाहिरको पवित्र स्थान नहटाएसम्म भित्रपट्टिको महापवित्र स्थान खुल्ला हुन सक्नेछैन भनेर पवित्र आत्माले यी सबै कुराहरूबाट सिकाउनुहुन्छ। 9यो त अहिलेको समयलाई देखाउने नमुना मात्र हो। परमेश्वरलाई चढाएका भेटी र बलिले भेटी चढाउने मान्छेको हृदय चोखो बनाउन सक्दैन भनी यसले बुझाउँछ। 10तिनीहरू खानपान गर्ने र धेरै किसिमका चोखिने दस्तुर मात्र हुन्। परमेश्वरबाट एउटा नयाँ व्यवस्था नआउनञ्जेल चलाइने यी बाहिरी दस्तुर मात्र हुन्।
11तर ख्रीष्ट त यहाँ भएका सबै असल कुराहरूका प्रधान पूजाहारी भएर आइसक्नुभएको छ। उहाँ झन् ठूलो र सिद्ध मन्दिरमा पूजाहारी हुनुहुन्छ। यो मानिसले बनाएको मन्दिर होइन र सृष्टि गरिएको यस संसारको कुरो पनि होइन। 12उहाँ सोझै यस मन्दिरको महापवित्र ठाउँमा सधैँको निम्ति एकैपल्ट पस्नुभयो। उहाँले बोका र साँढेको बलि चढाएको रगत लिएर पस्नुभएन। तर आफ्नै बलि चढाएको रगत लिएर पस्नुभयो र हामीलाई सधैँभरि रहने मुक्ति दिनुभयो। 13#लेवी 16:15,16; गन्ती 19:9,17-19बोका वा साँढेको रगत र होमेको कोरेली बाछोको खरानी अशुद्ध मानिसहरूमाथि छर्केर तिनीहरूलाई बाहिरी रूपले शुद्ध पारिन्छ। 14तर ख्रीष्टको रगतमा हामीलाई शुद्ध तुल्याउने अझ ठूलो शक्ति छ। सधैँभरि रहिरहनुहुने परमेश्वरका आत्माद्वारा उहाँले सिद्ध बलि भएर आफैंलाई परमेश्वरकहाँ चढाउनुभयो। त्यसो हो भने हामीले जीवित परमेश्वरको सेवा गर्न सकौं भनी व्यर्थैका विधिबाट हाम्रा विवेकलाई ख्रीष्टको रगतले झन् कति ज्यादा गरी शुद्ध पार्न सक्छ।
15परमेश्वरले प्रतिज्ञा गर्नुभएको सधैँभरि रहिरहने आशिष्हरू उहाँद्वारा बोलाइएकाहरूले पाऊन् भनेर नै यो नयाँ करार मिलाउनुहुने ख्रीष्ट हुनुहुन्छ। पहिलो करारको बेलामा मानिसहरूले गरेका अपराधबाट अब छुटकारा पाइन्छ किनभने यही कामको लागि उहाँ मरिसक्नुभएको छ। 16मानिसले ल्याइआएको इच्छा-पत्रको नियमलाई हेर्यौं भने इच्छा-पत्रलाई पक्का गर्न त्यो लेख्ने मानिस मरिसकेको छ भनेर पहिला देखाउनुपर्छ। 17इच्छा-पत्र लेख्ने मानिस बाँचुञ्जेल यस इच्छा-पत्रलाई काममा ल्याउन सकिंदैन। इच्छा-पत्र लेख्नेको मृत्यु भएपछि मात्र यो काममा ल्याउन सकिन्छ। 18त्यसैले पहिले बाँधिएको पुरानो करार पनि रगतले नै पक्का गरिएको थियो। 19#प्रस्थान 24:6-8मोशाले व्यवस्थामा लेखिएका सबै आज्ञाहरू मानिसहरूलाई सुनाएपछि पानीसँग बोका र साँढेको रगत मिसाएर हिसपको बोट र रातो ऊन लिएर सबै मानिस र धर्मशास्त्रका पुस्तकमाथि यसो भन्दै छर्के, 20“तिमीहरूले पालन गर्न परमेश्वरले बाँध्नुभएको करारलाई पक्का गर्ने रगत यही हो।” 21#लेवी 8:15यसरी नै मोशाले मन्दिर र पूजाका सबै सामानहरूमाथि रगत छर्के। 22#लेवी 17:11साँच्चै व्यवस्थाले भनेझैँ बलि चढाएको रगतले सबै थोकलाई शुद्ध पार्छ र रगत नबगाईकन पाप मेटिंदैन।
ख्रीष्टको बलिदानले पाप मेटिन्छ
23स्वर्गका नकल गरिएका ती चीजहरूलाई यसरी चोख्याउनैपर्थ्यो। तर स्वर्गकै चीजहरूलाई अझै राम्रो बलिदानको खाँचो थियो। 24ख्रीष्ट त मानिसले बनाएको महापवित्र स्थानभित्र जानुभएन, जुनचाहिँ खास कुराको नकल मात्र थियो। उहाँ त सकली ठाउँ स्वर्गमा जानुभयो। उहाँ अहिले हाम्रा लागि परमेश्वरको सामु त्यहाँ हाजिर हुनुहुन्छ। 25इस्राएलीहरूका प्रधान पूजाहारी त आफ्नो होइन तर पशु बलिको रगत लिएर वर्षेनी महापवित्र स्थानभित्र पस्छन्। तर ख्रीष्ट त घरीघरी आफैं बलिदान हुन जानुभएन। 26यदि सधैँ जानुपर्ने भए संसार सृष्टि भएदेखि उहाँले घरीघरी दु:ख भोग्नुपर्ने थियो। तर यी आखिरी दिनहरूमा ख्रीष्ट सधैँको लागि एकैपल्ट आउनुभयो र पापलाई हटाउन आफैंलाई बलिदान गर्नुभयो। 27मानिस एकपल्ट मर्छ र मरेपछि परमेश्वरद्वारा उसको न्याय हुन्छ। 28#यशैया 53:12त्यसरी नै धेरै जनाको पाप मेट्न ख्रीष्टको पनि एकपल्ट बलिदान भयो। उहाँ दोस्रो पटक पनि आउनुहुन्छ। त्यस पटक त उहाँ पाप मेट्न होइन तर उहाँको बाटो हेरेर बस्नेहरूलाई बचाउन आउनुहुनेछ।
Currently Selected:
हिब्रू 9: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.