हिब्रू 7
7
पूजाहारी मल्कीसेदेक
1 #
उत्पत्ति 14:17-20
मल्कीसेदेकचाहिँ शालेमका राजा र सर्वोच्च परमेश्वरका पूजाहारी थिए। अब्राहामले चार जना राजाहरूलाई लडाइँमा हराएर फर्कंदैगर्दा मल्कीसेदेकले उनलाई भेटेर आशीर्वाद दिए। 2अब्राहामले राजाहरूलाई जितेर ल्याएका सबै धनको दशांश मल्कीसेदेकलाई दिए। मल्कीसेदेक नाउँको अर्थ ‘धार्मिकताको राजा’ हो र उनी शालेमका राजा भएकोले उनको नाउँले ‘शान्तिका राजा’ भन्ने पनि बुझाउँछ। 3मल्कीसेदेकका बुबा, आमा र पिता-पुर्खा कसैको बारेमा केही जानकारी छैन। उनको जन्म र मरणको बारेमा पनि केही जानकारी छैन। परमेश्वरका पुत्रजस्तै उनी सदाकालका पूजाहारी हुन्।
4उनी कति ठूला थिए भन्ने कुरा तिमीहरू नै बुझ्छौ। हाम्रा पुर्खा अब्राहामले समेत लडाइँबाट जितेर ल्याएका चीजबाट दशांश उनलाई बुझाए। 5#गन्ती 18:21लेवीको सन्तानका पूजाहारीहरू आफ्ना दाजुभाइ इस्राएलीबाट कमाइको दशांश उठाउँछन्। यो त तिनीहरूलाई व्यवस्थाले अह्राएको हो। लेवीका सन्तान र इस्राएली सबै अब्राहामकै सन्तान हुन्। 6पूजाहारी मल्कीसेदेक त लेवीका सन्तान होइनन्। तर पनि उनले त पूजाहारीहरूका पुर्खा अब्राहामबाट दशांश लिए अनि तिनले परमेश्वरको प्रतिज्ञा पाउने अब्राहामलाई आशीर्वाद दिए। 7ठूलाबाट सानाले आशीर्वाद पाउँछ भन्ने कुरा सबैलाई थाहै छ। 8मरेर जाने पूजाहारीले इस्राएलीहरूमा कमाइको दशांश उठाउने गर्दछन्। तर धर्मशास्त्रले भन्दछ कि सधैँ बाँचिरहने मल्कीसेदेकले दशांश उठाए। 9अनि यसो पनि भन्न सकिन्छ, अब्राहामले दशांश दिँदा दशांश लिने लेवीले पनि दिए। 10किनभने मल्कीसेदेकले अब्राहामलाई भेट्दा त लेवी आफ्ना पुर्खा अब्राहामको शरीरभित्रै थिए।
11लेवीका सन्तानले पूजाहारीको पद पाएका थिए। यसैकारण इस्राएलीहरूले व्यवस्था पाएका थिए। अब लेवी पूजाहारीको सेवाले सबै कुरा सिद्ध हुने भए हारूनको सन्तानजस्तो नभएर मल्कीसेदेकजस्तो अर्को पूजाहारीको खाँचो पर्ने थिएन।
12कारण पूजाहारी पद फेरियो भने व्यवस्था पनि फेरिनुपर्छ। 13हाम्रा प्रभु, जसका विषयमा यी कुराहरू भनिएका छन्, उहाँ त भिन्नै कुलका हुनुहुन्छ। उहाँको कुलमा कसैले पनि पूजाहारी भएर काम गरेका थिएनन्। 14सबैलाई थाहै छ, हाम्रा प्रभु त यहूदाको कुलमा जन्मनुभएको हो। यहूदाको कुलबाट पूजाहारी छानिने बारेमा मोशाले केही पनि भनेका थिएनन्।
मल्कीसेदेकझैँ अर्का पूजाहारी
15अब यो कुरो झन् सफा हुन्छ कि मल्कीसेदेकजस्तै अर्का पूजाहारी आइसकेका छन्। 16उहाँ मानिसहरूलाई दिएको आज्ञा र नियमबाट पूजाहारी हुनुभएको होइन, तर कहिल्यै नाश नहुने जीवनको शक्तिले बनाइनुभएको पूजाहारी हुनुहुन्छ। 17#भजनसंग्रह 110:4धर्मशास्त्रले नै यसरी भनेको छ, “मल्कीसेदेकजस्तै तपाईं सधैँका लागि पूजाहारी हुनुहुन्छ।” 18केही गर्न नसक्ने र काम नलाग्ने भएकोले पुरानो व्यवस्था खारेज गरिएको छ 19किनभने मोशाको व्यवस्थाले त केही पनि सिद्ध पार्न सकेन। तर अब त अझ असल आशा हामीलाई दिइएको छ, जसले हामीलाई परमेश्वरको नजिकै पुर्याउँछ।
20अरूलाई चाहिँ परमेश्वरले शपथ खाएर पूजाहारी बनाउनुभएको थिएन, तर उहाँलाई शपथ खाएर पूजाहारी बनाउनुभएको हो। 21#भजनसंग्रह 110:4तर येशूलाई भने उहाँले शपथ खाएरै पूजाहारी बनाउनुभयो, जसरी धर्मशास्त्रमा लेखिएको छ, “परमप्रभुले शपथ खाएर भन्नुभएको छ र उहाँले आफ्नो मन बदल्नुहुन्न। तिमी सधैँको लागि पूजाहारी हुनेछौ।”
22यही शपथले नै येशूलाई उत्तम करारको जमानत बनाउँदछ।
23अर्को भिन्नता के थियो भने ती अरू पूजाहारीहरूको सङ्ख्या धेरै भएको थियो, कारण तिनीहरू मरेर जानुपरेकोले आफ्नो सेवा सधैँभरि गर्न सकेनन्। 24तर येशू भने सधैँ बाँचिरहनुहुन्छ, उहाँ सधैँभरिका लागि पूजाहारी हुनुहुन्छ। 25यसैकारण येशूमा विश्वास गरेर परमेश्वरकहाँ आउनेहरूलाई उहाँले अहिले र सधैँभरिका लागि बचाउन सक्नुहुन्छ किनभने तिनीहरूका लागि परमेश्वरसँग प्रार्थना गर्न उहाँ सधैँभरि रहनुहुन्छ।
26हामीलाई चाहिएको प्रधान पूजाहारी पनि यस्तै नै हो। उहाँ पवित्र, निर्दोष, शुद्ध हुनुहुन्छ र परमेश्वरले उहाँलाई पापी मानिसहरूबाट छुटाएर सबैभन्दा माथि स्वर्गमा बसाल्नुभयो। 27#लेवी 9:7अरू प्रधान पूजाहारीहरूले गरेजस्तै उहाँले आफ्नो र अरूको पापलाई मेट्न दिनदिनै बलि चढाइरहनुपर्दैन किनभने उहाँले सधैँभरि पुग्ने गरी एकै चोटि आफैंलाई बलि चढाउनुभयो। 28व्यवस्थाले कमजोर मानिसलाई प्रधान पूजाहारीहरू हुन नियुक्त गर्यो, तर व्यवस्थाभन्दा पछि परमेश्वरले शपथ खाएर दिनुभएको प्रतिज्ञाले सधैँको लागि सिद्ध बनाइनुभएको पुत्रलाई नियुक्त गरेको छ।
Currently Selected:
हिब्रू 7: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.