YouVersion Logo
Search Icon

उत्‍पत्ति 6:1-4

उत्‍पत्ति 6:1-4 सरल नेपाली

जब मानिसहरू सारा संसारभरि फैलिदैगए र तिनका छोरीहरू जन्‍मे, परमेश्‍वरका कोही-कोही छोराहरूले मानिसका छोरीहरूलाई सुन्‍दरी देखे र आफूलाई मन परेकाहरूलाई बिहे गर्न लगे। तब परमप्रभुले भन्‍नुभयो, “म मानिसहरूलाई सधैँभरि बाँच्‍न दिनेछैनँ, तिनीहरू मर्नुपर्छ। अबदेखि उसो, कोही पनि १२० वर्षभन्दा बढ्ता बाँच्‍नेछैन।” ती दिनमा र यसपछि पनि पृथ्‍वीमा मानवका छोरीहरू र परमेश्‍वरका छोराहरूबाट जन्‍मेका सन्‍तान शूरवीरहरूजस्‍ता थिए। तिनीहरू उहिलेका शूरवीर र नाम चलेका मानिसहरू थिए।