YouVersion Logo
Search Icon

उत्‍पत्ति 35

35
परमेश्‍वरले याकूबलाई बेथेलमा आशिष् दिनुहुन्छ
1 # उत्‍पत्ति 28:11-17 परमेश्‍वरले याकूबलाई भन्‍नुभयो, “झट्टै बेथेलमा गएर त्‍यहाँ बास गर्‌। तेरो दाजु एसावदेखि भागेर गएको बेलामा तँलाई दर्शन दिनुहुने परमेश्‍वरलाई अथवा मलाई त्‍यहाँ एउटा वेदी बना।”
2याकूबले आफ्‍नो परिवार र आफूसित भएका सबैलाई भने, “तिमीहरूसँग भएका विदेशी देवताहरू हटाओ। आफैंलाई पवित्र पार र सफा लुगा लाओ। 3हामी यो ठाउँ छोडी बेथेलमा जान्‍छौं। त्‍यहाँ म परमेश्‍वरको निम्‍ति एउटा वेदी बनाउनेछु। जुन परमेश्‍वरले कष्‍टको समयमा मलाई मद्दत गर्नुभएको थियो। जहाँ म गएँ, त्‍यहाँ मेरो साथसाथ उहाँ रहनुभयो।” 4तिनीहरूले सम्‍पूर्ण विदेशी देवताहरू र आफ्‍ना कानमा लाएका कुण्‍डलहरू याकूबलाई दिए। उनले ती सबै शकेमको छेउमा फलाँटको रूखमुनि गाडे।
5याकूब र तिनका छोराहरू हिँड्‍न लाग्‍दा वरिपरिका सहरहरूका बासिन्‍दाहरूमाथि ठूलो डर भयो र तिनीहरूले तिनलाई खेदेनन्। 6याकूब आफ्‍ना सबै मानिसहरूसँग कनान देशको लूज सहरमा, जसलाई बेथेल पनि भनिन्‍छ, आइपुगे। 7उनले त्‍यहाँ एउटा वेदी बनाए र त्‍यस ठाउँको नाम एल-बेथेल परमेश्‍वरको नामअनुसार राखे किनभने त्‍यस ठाउँमा आफू दाजुदेखि भागेर गएको बेलामा परमेश्‍वरले उनलाई दर्शन दिनुभएको थियो। 8रिबेकाकी धाई दबोरा त्‍यहीँ मरी र उसलाई बेथेलको दक्षिणपट्टि फलाँटको रूखमुनि गाडियो। यसकारण त्‍यसको नाम ‘रुवाबासीको फलाँट’ राखियो।
9जब याकूब पद्दन-आरामदेखि फर्की आए, परमेश्‍वरले उनलाई फेरि दर्शन दिनुभयो र आशीर्वाद दिनुभयो। 10#उत्‍पत्ति 32:28परमेश्‍वरले उनलाई भन्‍नुभयो, “तेरो नाम याकूब हो तर अब उसो इस्राएल हुनेछ।” यसरी उनलाई परमेश्‍वरले इस्राएल नाम दिनुभयो। 11#उत्‍पत्ति 17:4-8अनि परमेश्‍वरले उनलाई भन्‍नुभयो, “म सर्वशक्तिमान्‌ परमेश्‍वर हुँ। तेरा धेरै सन्‍तानहरू हुनेछन्। तँबाट जाति-जातिहरू जन्‍मनेछन् र तँ राजाहरूका पुर्खा हुनेछस्। 12मैले अब्राहाम र इसहाकलाई दिएको देश तँलाई र तँपछि तेरो वंशलाई दिनेछु।” 13तब परमेश्‍वर बिदा हुनुभयो। 14#उत्‍पत्ति 28:18,19त्‍यहाँ परमेश्‍वरले कुरा गर्नुभएको ठाउँमा याकूबले एउटा स्‍मारक ढुङ्गा ठड्याए र त्‍यसमाथि दाखमद्य र भद्राक्षको तेल खनाएर त्‍यसलाई अभिषेक गरे। 15त्‍यस ठाउँको नाम उनले बेथेल राखे।
राहेलको मृत्‍यु
16याकूब आफ्‍ना जहान, बालबच्‍चा लिएर बेथेलबाट हिँडे। तिनीहरू एप्रात पुग्‍न बाँकी नै थियो। राहेलले छोरा-छोरी जन्‍माउने समय भयो तर उसलाई ज्‍यादै पीडा भैरहेको थियो। 17उसलाई औधी पीडा भएको बेलामा सुडेनीले उनलाई भनी, “राहेल, नहड्‌बडाऊ। तिम्रो अर्को छोरो भयो।” 18तर उनी मर्न लागेकी थिइन् र प्राण जाने बेलामा छोराको नाम ‘बेन-ओनी’ राखिन्। तर बुबाचाहिँले बालकको नाम ‘बेन्‍यामीन’ राखे।
19राहेल मरिन्। आजकाल बेथलेहेम भनिने तर त्‍यस बेलाको एप्राततिर जाने बाटोको छेउमा उनलाई गाडियो। 20त्‍यहाँ याकूबले एउटा स्‍मारक ढुङ्गा ठड्याए र आजसम्‍म त्‍यो राहेलको चिहान ढुङ्गा छँदैछ। 21इस्राएल त्‍यहाँबाट अघि बढे र मिग्‍दल-एदेरको पारिपट्टि उनले आफ्‍नो पाल टाँगे।
याकूबका छोराहरू
(१ इतिहास २:१-२)
22 # उत्‍पत्ति 49:4 याकूब त्‍यस देशमा बसेको बेलामा उनको रखेल बिल्‍हासित रूबेन सुत्‍यो। त्‍यो सुनेर याकूब साह्रै रिसाए।
याकूबका बाह्र छोराहरू थिए। 23लेआका छोराहरू रूबेन (याकूबका जेठा छोरा), शिमियोन, लेवी, यहूदा, इस्‍साखार र जबूलून थिए। 24राहेलका छोराहरू योसेफ र बेन्‍यामीन थिए। 25राहेलकी कमारी बिल्‍हाका छोराहरू दान र नप्‍ताली थिए। 26लेआकी कमारी जिल्‍पाका छोराहरू गाद र आशेर थिए। यी छोराहरू पद्दन-आराममा जन्‍मेका थिए।
इसहाकको मृत्‍यु
27 # उत्‍पत्ति 13:18 हेब्रोनको नजिक अब्राहाम र इसहाक बसेका ठाउँ मम्रेमा आफ्‍नो बुबा इसहाकसँग भेट्‍न भनी याकूब गए। 28इसहाक एक सय असी वर्षसम्‍म बाँचे 29र पूरा उमेर पुगेर मरे। उनका छोरा एसाव र याकूबले उनलाई गाडे।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in