YouVersion Logo
Search Icon

इजकिएल 9

9
यरूशलेममाथि परमेश्‍वरको दण्‍ड
1त्‍यसपछि परमेश्‍वरले ठूलो सोरले यसो भन्‍नुभएको सुनें, “सहरमाथि दण्‍ड ल्‍याउने तिमीहरू आ-आफ्‍ना हातहतियार लिएर यहाँ आओ।” 2मन्‍दिरको उत्तरपट्टिको बाहिरी मूल-ढोकातिरबाट छ जना मानिसहरू हातमा एक-एक वटा हतियार लिएर झट्टै त्‍यहाँ आए। मिहिन सुतीको पोशाक लाउने एक जना मानिस लेख्‍ने सामान लिएर तिनीहरूसित आए। तिनीहरू सबै जना आएर काँसाको वेदीनिर उभिए।
3तब इस्राएलका परमेश्‍वरको महिमा, जोचाहिँ पखेटा भएका जीवित प्राणीहरूको मास्‍तिर थियो, त्‍यहाँबाट माथि उठ्यो र मन्‍दिरको प्रवेश-द्वारमा सर्‍यो। परमप्रभुले लेख्‍ने सामान बोकेको मिहिन सुतीको पोशाक लाउने मानिसलाई बोलाएर भन्‍नुभयो, 4#प्रकाश 7:3; 9:4; 14:1“यरूशलेम सहरको चारैतिर जा र यस सहरमा भइरहेका घिनलाग्‍दा कुराहरूको कारणले गर्दा शोक र विलाप गर्नेहरूका निधार-निधारमा एक-एक वटा चिनो लाइदे।”
5अनि अरू मानिसहरूलाई परमप्रभुले यसो भन्‍नुभएको मैले सुनें, “त्‍यसको पछि-पछि तिमीहरू पनि यस सहरको चारैतिर गएर काटमार गर। कसैमाथि दया नदेखाओ। 6बुढापाकाहरू, युवक-युवतीहरू, आमाहरू र बाल-बालिकाहरू सबैलाई मार्नू। तर निधारमा चिनो लगाएको कसैलाई पनि नछुनू। यो काम मेरो मन्‍दिरबाट सुरु गर।” त्‍यसरी नै तिनीहरूले आफ्‍ना काम मन्‍दिर अगाडि उभिरहेका अगुवाहरूबाट सुरु गरे।
7परमेश्‍वरले तिनीहरूलाई भन्‍नुभयो, “मन्‍दिर अपवित्र गरिदेओ, चोकहरू लाशले भरिदेओ, आफ्‍नो काम सुरु गर!” यसरी तिनीहरूले सहरमा भएका मानिसहरूलाई मार्न थाले। 8अनि जब त्‍यहाँ काटमार चलिरहेको थियो, त्‍यहाँ म एक्लै थिएँ र भूइँमा घोप्‍टो परी यसरी चिच्‍च्‍याएँ, “हे सार्वभौम परमप्रभु, के तपाईं यरूशलेमसित यति साह्रो रिसाउनुभएको छ? के तपाईंले इस्राएलमा बाँकी रहेका सबैलाई नै मार्नुहुन्‍छ?”
9परमेश्‍वरले जवाफ दिनुभयो, “इस्राएल र यहूदाका मानिसहरूले डरलाग्‍दा पाप गरेका छन्। देशभरि तिनीहरूले हत्‍या गरेका छन् र यरूशलेम अपराधले भरिएको छ। तिनीहरू भन्‍छन् कि म परमप्रभुले तिनीहरूको देश त्‍यागें रे र म तिनीहरूलाई देख्‍दिनँ रे। 10यसकारण म तिनीहरूलाई दयाको दृष्‍टिले हेर्नेछैनँ। तिनीहरूले अरूसित जे गरेका छन्, म तिनीहरूसित त्‍यसै गर्नेछु।”
11त्‍यसपछि लेख्‍ने सामान बोकेका मिहिन सुतीको पोशाक लाउने मानिसले फर्केर आई परमेश्‍वरलाई यो बयान दिए, “मैले तपाईंको आज्ञापालन गरें।”

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in