YouVersion Logo
Search Icon

इजकिएल 2

2
इजकिएललाई अगमवक्ता हुन परमेश्‍वरको बोलावट
मैले यी सबै देखें। तब म भूइँमा घोप्‍टो परें र यसो भनेको आवाज सुनें, 1“ए मरणशील मानिस, खडा हो, म तँसित कुरा गर्न चाहन्‍छु।” 2यसरी भनिरहेको बेला परमेश्‍वरको आत्‍मा मभित्र पस्‍नुभयो, मलाई मेरा खुट्टामा उभ्‍याउनुभयो र उहाँले यो वचन भन्‍नुभयो, 3“ए मरणशील मानिस, म तँलाई इस्राएली जातिकहाँ पठाउँदै छु। तिनीहरू विद्रोह गरी मेरो विरुद्धमा उठेका छन् र तिनीहरूका पिता-पुर्खाझैँ बागी भएका छन्। 4तिनीहरू हठी छन् र मलाई आदर गर्दैनन्। यसकारण म सार्वभौम परमप्रभु तिनीहरूलाई के भन्‍दछु, त्‍यो बताउन तँलाई तिनीहरूकहाँ पठाउँदै छु। 5ती विद्रोहीहरूले तेरो कुरा सुने पनि वा नसुने पनि तिनीहरूले आफ्‍ना माझमा एउटा अगमवक्ता आइपुगेछन् भनी जान्‍नेछन्।
6“तर, ए मरणशील मानिस, तँ तिनीहरूसित वा तिनीहरूका कुरासित नडरा। तिनीहरूले तेरो विरोध गर्नेछन्, तँलाई हेला गर्नेछन्। तँलाई बिच्‍छीहरूका बीचमा बास गरेझैँ हुनेछ। तापनि ती बागीहरू अथवा तिनीहरूले भनेका कुरासित नडरा। 7जे म तँलाई आज्ञा गर्छु, त्‍यही तिनीहरूलाई सुना। चाहे तिनीहरूले सुनुन् वा नसुनुन् किनभने तिनीहरू बागी छन्।
8“ए मरणशील मानिस, म तँलाई जे भन्‍दछु, त्‍यो सुन्। तँ तिनीहरूजस्‍तो बागी नहो। तेरो मुख खोल् र म जे तँलाई दिन्‍छु, त्‍यो खा।” 9#प्रकाश 5:1तब मैले एउटा हात मतिर पसारिएको देखें, हातमा एउटा बेह्रिएको कागजको मुट्ठो थियो। 10हातले कागजको मुट्ठो खोल्‍यो र त्‍यसका दुवैपट्टि केही लेखिएको मैले देखें। त्‍यहाँ शोकको रुवाइ, बिलौना र पीडाका कुरा लेखिएका थिए।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in