YouVersion Logo
Search Icon

प्रस्‍थान 32

32
सुनको बाछो
1 # प्रेरित 7:40 मानिसहरूले मोशालाई धेरै दिनसम्‍म पर्वतबाट नओर्ली ढिलो गरेको देखेर हारूनका चारैतिर भेला भएर तिनलाई भने, “हामीलाई मिश्रदेशबाट निकाली ल्‍याउने मोशालाई के भयो, हामी जान्‍दैनौं र अब हाम्रो अगुवाइ गर्न एउटा देवता बनाइदेऊ।”
2हारूनले तिनीहरूलाई भने, “तिमीहरूका स्‍वास्‍नी, छोरा-छोरीहरूले कानमा लाएका सुनका कुण्‍डलहरू फुकालेर मकहाँ ल्‍याओ।” 3तब सबै मानिसहरूले आफ्‍ना कानका सुनका कुण्‍डलहरू हारूनकहाँ ल्‍याए। 4#१ राजा 12:28; प्रेरित 7:41हारूनले ती कुण्‍डलहरू गलाए र सुनलाई एउटा साँचोमा ढाले अनि एउटा बाछो बनाए।
मानिसहरूले भने, “हे इस्राएली हो! हामीलाई मिश्रबाट निकाली ल्‍याउने देवता यिनै हुन्।”
5तब हारूनले सुनको बाछोको अघि एउटा वेदी बनाएर भने, “भोलि परमप्रभुको आदरमा एउटा चाड मनाइनेछ।” 6#१ कोरिन्थी 10:7भोलिपल्‍ट बिहानै केही पशुहरू ल्‍याई तिनीहरूले होमबलि चढाए। अनि कति पशुहरूलाई खानाको निम्‍ति मेलबलि चढाइयो। मानिसहरूले भोज खाए र मनमोज गर्न लागे।
7परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल ओर्लेर झट्टै गइहाल्। तैँले मिश्रबाट निकाली ल्‍याएका तेरा मानिसहरूले पाप गरेर मलाई मान्‍न छोडेका छन्। 8मैले तिनीहरूलाई आज्ञा गरेको बाटो तिनीहरूले छोडिसके। सुन पगालेर तिनीहरूले एउटा बाछो बनाएका छन् र त्‍यसलाई पुजेर बलि चढाएका छन्। हामीहरूलाई मिश्रबाट निकाली ल्‍याउने देवता यही हो भनेर तिनीहरूले भन्‍दै छन्। 9मलाई थाहा छ कि यी मानिसहरू कति ढिट छन्। 10मलाई तिनीहरूसित रिस उठेको छ र अब म तिनीहरूलाई नाश गर्नेछु र तँ र तेरा सन्‍तानबाट एउटा महान् जाति बनाउनेछु।”
11 # गन्ती 14:13-19 मोशाले परमप्रभु परमेश्‍वरलाई बिन्‍ती गरी भने, “परमप्रभु आफ्‍ना प्रजामाथि किन यस्‍तो क्रोध प्रकट गर्नुहुन्‍छ, जसलाई तपाईंले आफ्‍नो महान् शक्ति र प्रतापले मिश्रबाट निकाली ल्‍याउनुभयो? 12आफ्‍ना प्रजालाई पर्वतमाथि नाश पार्ने विचारले मिश्रबाट तपाईंले ल्‍याएको हो भन्‍ने मौका मिश्रीहरूलाई किन दिनु? रिस थाम्‍नुहोस्; आफ्‍नो मन बद्लनुहोस् र आफ्‍ना प्रजालाई विनाश नगर्नुहोस्। 13#उत्‍पत्ति 22:16,17; 17:8आफ्‍ना दासहरू अब्राहाम, इसहाक र याकूबलाई याद गर्नुहोस्। तपाईंले आकाशका तारा जतिकै सन्‍तान दिनेछु अनि तिमीहरूका वंशलाई प्रतिज्ञाको देश दिनेछु भनी जुन पवित्र प्रतिज्ञा गर्नुभएको थियो, त्‍यो सम्‍झनुहोस्।” 14तब परमप्रभुले आफ्‍नो मन बदल्‍नुभयो र जुन सङ्कष्‍ट पठाउँछु भनी सोच्‍नुभएको थियो, त्‍यो आफ्‍नो प्रजामाथि ल्‍याउनुभएन।
15दुई हातमा परमेश्‍वरका आज्ञाहरू लेखिएका दुईवटा ढुङ्गाका पाटीहरू बोकेर मोशा पर्वतबाट ओर्लि आए। 16परमेश्‍वर आफैंले ती पाटीहरू बनाएर तिनमा ती आज्ञाहरू लेख्‍नुभएको थियो।
17यहोशूले मानिसहरू कराएका सुने र मोशालाई भने, “छाउनीमा लडाइँ भएको आवाज म सुन्‍दै छु।”
18मोशाले भने, “यो होहल्‍ला जित वा हारको आवाज होइन, यो त गीत गाएको पो हो।”
19जब मोशाले डेराको छेउ आउँदा बाछो र त्‍यसको सामुन्‍ने मानिसहरू नाच्‍दै गरेका देखे, तब तिनी रिसले चुर भए। त्‍यहाँ पर्वतको फेदनिर तिनले आफूले बोकेका ढुङ्गाका पाटीहरू फ्‍याँकिदिए र ती फुटे। 20तिनीहरूले बनाएका सुनको बाछो उठाएर तिनले गलाए र मिहिन गरी धुलोपिठो पारे र पानीसित मिसाए। त्‍यसपछि तिनले इस्राएलीहरूलाई त्‍यो पिउन लाए। 21तिनले हारूनलाई भने, “यी मानिसहरूले तपाईंलाई के गरे र तपाईंले तिनीहरूलाई यस्‍तो घिनलाग्‍दो पाप गर्न लगाउनुभयो?”
22हारूनले जवाफ दिए, “मसँग नरिसाउनुहोस्‌। तपाईं यी मानिसहरूलाई चिन्‍नुहुन्‍छ, यिनीहरूले दुष्‍ट काम गर्ने सङ्कल्‍प गरेका छन्। 23तिनीहरूले मलाई ‘हामीलाई मिश्रबाट ल्‍याउने, मोशालाई के भयो हामी जान्‍दैनौं र अब हाम्रो अगुवाइ गर्नलाई एउटा देवता बनाइदेऊ’ भने। 24मैले तिनीहरूलाई आफूले लाएका सुनका गहनाहरू ल्‍याउन लगाएँ। ज-जसका गहना थिए, ती तिनीहरूले फुकालेर मलाई दिए, मैले ती गहनाहरू आगोमा हालिदिएँ र यो बाछो निस्‍क्‍यो!”
25हारूनले मानिसहरूलाई छाडा भई खुसी गर्न दिएछन् र तिनीहरूले बैरीहरूका अघि आफैंलाई मूर्ख बनाइसकेका रहेछन् भनी मोशाले थाहा पाए। 26यसकारण तिनी छाउनीको मूल-ढोकामा उभिए र जोडले कराएर भने, “परमप्रभुको पक्षमा हुनेहरू यतातिर आओ!” सबै लेवीहरू तिनकहाँ गएर चारैपट्टि उभिए। 27तिनले लेवीहरूलाई भने, “परमप्रभु इस्राएलका परमेश्‍वरको यो आज्ञा छ: तिमीहरू हरेकले आ-आफ्‍ना तरवार लिएर छाउनीको यो ढोकादेखि पल्‍लो छेउसम्‍म जानू र आ-आफ्‍ना भाइ, मित्र र छिमेकीहरूलाई मार्न लाउनू।” 28लेवीहरूले त्‍यसै गरे र त्‍यो दिन तीन हजार जति मानिसहरूलाई मारे। 29मोशाले लेवीहरूलाई भने, “आज तिमीहरूले आफ्‍ना छोरा र भाइहरूलाई मारेर आफैंलाई परमप्रभुको सेवाको लागि पूजाहारीको रूपमा अर्पण गर्‍यौ। यसकारण परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिनुभएको छ।”
30भोलिपल्‍ट मोशाले मानिसहरूलाई भने, “तिमीहरूले घिनलाग्‍दा पाप गरेका छौ। अब म फेरि पर्वतमा परमप्रभुकहाँ जानेछु र तिमीहरूका पाप क्षमाको निम्‍ति बिन्‍ती गरिदिनेछु।” 31त्‍यसपछि परमप्रभुकहाँ फर्केर मोशाले भने, “यी मानिसहरूले एउटा डरलाग्‍दो पाप गरेका छन्। तिनीहरूले सुनको मूर्ति बनाएर पुजेका छन्। 32#भजनसंग्रह 69:28; प्रकाश 3:5कृपा गरी तिनीहरूका पाप क्षमा गरिदिनुहोस्। तर क्षमा गर्नुहुन्‍न भने तपाईंले आफ्‍ना प्रजाका नाम लेख्‍नुभएको पुस्‍तकबाट मेरो नाम मेटिदिनुहोस्।”
33परमप्रभुले भन्‍नुभयो, “म मेरो पुस्‍तकबाट ती मानिसहरूका नाम मेटिदिनेछु, जसले मेरो विरुद्धमा पाप गरेका छन्। 34अब जा र मैले भनेको ठाउँमा मानिसहरूलाई अगुवाइ गरेर लैजा। याद राख्, मेरो दूतले तेरो अगुवाइ गर्नेछ तर त्‍यो समय आउँदै छ, जब म यी मानिसहरूलाई तिनीहरूका पापको निम्‍ति दण्‍ड दिनेछु।”
35अनि मानिसहरूले हारूनलाई सुनको बाछो बनाउन कर लगाएका कारणले परमप्रभुले तिनीहरूमा एउटा रुढी पठाउनुभयो।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in