YouVersion Logo
Search Icon

प्रस्‍थान 16:3-4

प्रस्‍थान 16:3-4 सरल नेपाली

यसो भने, “हामीलाई परमप्रभुले मिश्रमै मार्नुभएको भए असल हुनेथियो। त्‍यहाँ हामी मासु र अरू खानेकुरा भनेजस्‍तो पूरा खान पाउँथ्‍यौं। तर तपाईंहरूले हामीलाई त्‍यहाँबाट निकालेर यहाँ मरुभूमिमा ल्‍याउनुभयो र खान नदिई मार्न आँट्‍नुभयो।” परमप्रभुले मोशालाई भन्‍नुभयो, “अब म तिमीहरू सबैको लागि आकाशबाट खानेकुरा वर्षाउनेछु। मानिसहरूले दिनहुँ गएर त्‍यस दिनको लागि पुग्‍दो खाना बटुल्‍नुपर्नेछ। यसरी तिनीहरूले मैले भनेका कुरा मान्‍नेछन् कि छैनन् सो म जाँच्‍नेछु।