व्यवस्था 16
16
निस्तार-चाड
1 #
प्रस्थान 12:1-20; लेवी 23:5-8; गन्ती 28:16-25 “आबीब महिनामा निस्तारचाड मनाएर परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर। त्यही महिनाको एक रात उहाँले तिमीहरूलाई मिश्रदेखि उद्धार गर्नुभएको थियो। 2त्यो एक मात्र आराधना-स्थलमा गएर परमप्रभु आफ्ना परमेश्वरको आदरमा गरिने निस्तारचाडको भोजको लागि आफ्नो एउटा गोरु वा भेडा काट। 3जब तिमीहरू यो भोज खान्छौ, खमिरसित बनाएको रोटी नखानू। तिमीहरूले मिश्रदेश हतार-हतार छोडेर आउँदा जसरी गरेका थियौ, त्यसरी नै सात दिनसम्म अखमिरी रोटी खानू। त्यो रोटीको नाम दु:खको रोटी राखिनेछ। त्यो खाँदा तिमी बाँचुञ्जेल तिमीहरूले आफू त्यो दु:ख-कष्टको देश मिश्रबाट निस्किआएका दिनलाई सम्झना गर्नेछौ। 4सात दिनसम्म तिम्रा देशमा कसैले खमिर आफ्ना घरमा राख्नेछैनौ अनि पहिलो दिन बेलुका काटेको पशुको मासु त्यही रात खाइसक्नुपर्नेछ।
5-6“त्यस निस्तार-चाडका पशुलाई एक मात्र त्यो आराधना-स्थलमा काट्नू, त्यसलाई परमप्रभु तिम्रा परमेश्वरले दिनुहुने देशको कुनै अर्को ठाउँमा नकाट्नू। बेलुका घाम अस्ताउँदा जुन समयमा तिमीहरूले मिश्र छोडेका थियौ, त्यही समयमा त्यसलाई काट्नू। 7मासु उमालेर त्यही एक मात्र आराधना-स्थलमा खानू र भोलिपल्ट बिहानै घर फर्कनू। 8त्यसपछि अरू ६ दिनसम्म तिमीहरूले बिनाखमिर बनाएको रोटी खानुपर्नेछ अनि सातौँ दिनमा परमप्रभु आफ्ना परमेश्वरलाई पूज्नको लागि भेला हुनू र त्यो दिन केही काम नगर्नू।
कटनीको चाड
(प्रस्थान ३४:२२; लेवी २३:१५-२१)
9 #
लेवी 23:15-21; गन्ती 28:26-31 “बाली काट्न थालेपछि सात हप्ता गन्नू 10र परमप्रभु आफ्ना परमेश्वरलाई आदर गर्न कटनी चाड मनाउनू। त्यस बेला उहाँले तिमीहरूलाई दिनुभएको आशिष्अनुसार स्वेच्छाले चढाउने भेटी उहाँकहाँ लिई आउनू। 11आफ्ना छोरा-छोरी, नोकर-चाकर र तिम्रा सहरमा बास गर्ने लेवी, विदेशी, टुहुरा-टुहुरी र विधवाहरूसहित परमप्रभुको सामुन्ने आनन्द मनाउनू। त्यो एक मात्र आराधना-स्थलमा त्यसो गर्नू। 12यी आज्ञाहरू मान्नलाई निश्चय गर। तिमीहरू मिश्रमा कमारा-कमारी थियौ भन्ने कुरा नभुल।
छाप्रोको चाड
(लेवी २३:३३-४३)
13 #
लेवी 23:33-36,39-43; गन्ती 29:12-38 “तिमीहरूले आफ्ना सारा अन्न बटुलिसकेपछि र दाख कोलमा पेलिसकेपछि छाप्रोको चाड सात दिनसम्म मनाउनू। 14तिम्रा छोरा-छोरी, कमारा-कमारी, लेवीहरू र तिम्रा सहरहरूमा बास गर्ने विदेशी, टुहुरा-टुहुरी र विधवाहरूसित चाडमा आनन्द मनाउनू। 15त्यो एक मात्र आराधना-स्थलमा सात दिनसम्म त्यो चाड मनाएर परमप्रभु आफ्ना परमेश्वरको आदर गर। रमाहट गर किनभने परमप्रभुले तिम्रा अन्नबाली र कामकाजमा आशिष् दिनुभएको छ।
16-17“तिम्रा जातिका सबै पुरुषहरू वर्षमा तीनचोटि निस्तार-चाड, कटनी-चाड र छाप्रो-चाडका समयमा त्यो एक मात्र आराधना-स्थलमा परमप्रभुलाई पूज्न आउनुपर्नेछ। हरेकले आफूले सकेअनुसार र परमप्रभु आफ्ना परमेश्वरले दिएका आशिष्अनुसार भेटी लिएर आउनुपर्छ।
न्याय दिने काम
18“परमप्रभु तिम्रा परमेश्वरले दिनुहुने हरेक सहरमा न्यायकर्ता र अन्य हाकिमहरू खटाओ। यिनीहरूले पनपच्छे नगरी न्याय गरून्। 19#प्रस्थान 23:6-8; लेवी 19:15तिनीहरूले पनपच्छे गर्नुहुन्न अनि घुस लिनुहुन्न किनभने घुस लिनाले बुद्धिमान् र इमानदार मानिसहरू पनि अन्धा हुन्छन् र गलत निर्णय दिने हुन्छन्। 20सधैँ ठीक न्याय गर र परमप्रभु तिम्रा परमेश्वरले दिनुहुने देशमा आफ्नो अधीन गरी तिमीहरू त्यहाँ बास गरिरहनेछौ।
21 #
प्रस्थान 34:13
“तिमीहरू जब परमप्रभु आफ्ना परमेश्वरको निम्ति वेदी बनाउँछौ, त्यसका छेउमा अशेरा देवीका काठका मूर्ति नराख्नू। 22#लेवी 26:1अनि मूर्तिपूजा गर्नलाई ढुङ्गाका खम्बाहरू नबनाउनू, परमप्रभुले तिनलाई घिन गर्नुहुन्छ।
Currently Selected:
व्यवस्था 16: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.