YouVersion Logo
Search Icon

२ थेसलोनिकी पुस्‍तक परिचय

पुस्‍तक परिचय
थेसलोनिको मण्‍डलीमा ख्रीष्‍टको आगमनको विषय लिएर तर्क चलेको थियो। यो तर्क बढ्दैगएर त्‍यहाँ निक्‍कै गड्बडी ल्‍यायो। तिनीहरूले ख्रीष्‍ट आउने बेला त पहिल्‍यै भइसकेको छ भन्‍ने विश्‍वास गर्थे। पावलले तिनीहरूको यस्‍तो विश्‍वासलाई खण्‍डन गर्दै यो दोस्रो पत्र लेखेका थिए। पत्रमा उनले ख्रीष्‍ट आउनुअघि उहाँको विरोधी “व्यवस्था भङ्ग गर्ने” रहस्‍यमय मानिसको अगुवाइमा अधर्म र दुष्‍ट कामहरू अचाक्ली नै बढ्‍नेछन् भनेर स्‍पष्‍ट गर्छन्।
पावलले यो पत्र पढ्‍नेहरूलाई जस्‍तै दु:ख र कष्‍ट आए पनि आफ्‍नो विश्‍वासमा दिगो भइरहने, जीविकाको लागि उनले र उनका साथीहरूले गरेझैँ गर्ने अनि असल काममा एकोहोरो भई लागिरहने आवश्‍यकताको जोड दिन्‍छन्।
संक्षिप्‍त विषय-सूची
परिचय १:१-२
प्रशंसा र सिफारिस १:३-१२
ख्रीष्‍टको आगमनको विषयमा अर्ती २:१-१७
ख्रीष्‍टियान चालचलनको लागि अर्ती ३:१-१५
समाप्‍ति ३:१६-१८

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in