२ पत्रुस पुस्तक परिचय
पुस्तक परिचय
यो पत्र पत्रुसले चारैतिर फैलिएका सुरुका ख्रीष्टियानहरूलाई लेखेका हुन्। यसको मुख्य उद्देश्य झूटा शिक्षकहरूले गरेका काम र तिनीहरूले दिएका शिक्षाबाट उब्जेका खराब कुराहरूसँग जुध्नु हो।
ख्रीष्टलाई देख्नेहरू र उहाँले दिनुभएका शिक्षा सुन्नेहरूले दिएका सच्चा ज्ञानमा अडेर यी सबै कठिनाइहरूको समाधान गर्न सकिन्छ। ती झूटा शिक्षकहरूले शिक्षा दिँदा ख्रीष्ट फेरि आउनुहुनेछैन भनेर दाबी गर्थे। पत्रुसलाई विशेषगरी यसैको चिन्ता थियो। तिनीहरूको शिक्षा खण्डन गर्दै उनी भन्छन् कि ख्रीष्टको आगमनमा अबेर भएजस्तो चाहिँ यो कारणले हो कि परमेश्वरले “कोही पनि नाश नभएको चाहनुहुन्छ। अनि सबैले आफ्ना पाप त्यागून् भन्ने उहाँको इच्छा छ।”
संक्षिप्त विषय-सूची
परिचय १:१-२
ख्रीष्टियानहरूलाई बोलावट १:३-२१
झूटा शिक्षकहरू २:१-२२
ख्रीष्टको अन्तिम आगमन ३:१-१८
Currently Selected:
२ पत्रुस पुस्तक परिचय: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.