प्रकाश 21:3-6
प्रकाश 21:3-6 NNRV
सिंहासनबाट यसो भन्ने एउटा चर्को सोर मैले सुनें, “हेर, परमेश्वरको वास मानिसहरूसँग भएको छ। उहाँ तिनीहरूसँग वास गर्नुहुनेछ, र तिनीहरू उहाँका प्रजा हुनेछन्, र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ। उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन। किनकि पहिलेका कुराहरू बितिसकेका छन्।” सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, “हेर, म सबै कुरा नयाँ तुल्याउँछु।” उहाँले यसो पनि भन्नुभयो, “यो लेख, यी कुराहरू भरपर्दा र सत्य छन्।” उहाँले मलाई भन्नुभयो, “अब सिद्धियो। म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य म नै हुँ। तिर्खाउनेहरूलाई जीवनका पानीको फुहाराबाट म सित्तैँमा दिनेछु।