YouVersion Logo
Search Icon

भजनसंग्रह 37:1-11

भजनसंग्रह 37:1-11 NNRV

दुष्‍टहरूलाई देखेर झर्को नमान, कुकर्मीहरूप्रति डाही नहोऊ, किनकि तिनीहरू चाँड़ै घाँसझैँ सुकिजानेछन्‌, र हरिया बिरुवाजस्‍तै ओइलिजानेछन्‌। परमप्रभुमा भरोसा राख र भलाइ गर, त्‍यसरी देशमा रहेर सुरक्षाको उपभोग गर्नेछौ। परमप्रभुमा आनन्‍दित होऊ, र उहाँले तिम्रो मनोरथ पूर्ण गर्नुहुनेछ। आफ्‍नो मार्ग परमप्रभुलाई सुम्‍प, उहाँमा नै भरोसा राख, अनि उहाँले यो गर्नुहुनेछ: उहाँले तिम्रो धार्मिकता प्रभातझैँ ज्‍योतिसमान र तिम्रो मामिलाको न्‍याय मध्‍यदिनको सूर्यसमान पार्नुहुनेछ। परमप्रभुको सामुन्‍ने मौन बस र धैर्यपूर्वक उहाँको प्रतीक्षा गर। मानिस आफ्‍ना कुमार्गमा फलिफाप हुँदा र त्‍यसले खराब युक्तिहरू कार्यान्‍वयन गर्दा तिमी झर्को नमान। रिसाउन छोड र क्रोधलाई त्‍याग। झर्को नमान, यसले खराबी गर्नतिर मात्र ढल्‍काउँछ। किनकि कुकर्मीहरू बहिष्‍कृत हुनेछन्‌, तर परमप्रभुको प्रतीक्षा गर्नेहरूले देश अधिकार गर्नेछन्‌। अलिक बेरपछि दुष्‍टहरू रहनेछैनन्‌, तिमीले तिनीहरूलाई खोजे तापनि तिनीहरू पाइनेछैनन्‌। तर नम्रहरूले देश अधिकार गर्नेछन्‌, र ठूलो शान्‍ति उपभोग गर्नेछन्‌।