भजनसंग्रह 119:9-11
भजनसंग्रह 119:9-11 NNRV
जवान मानिसले आफ्नो चालचलन कसरी चोखो राख्न सक्छ? तपाईंका वचनअनुसारको जीवन बिताएर नै हो। म आफ्नो सम्पूर्ण हृदयले तपाईंलाई खोज्छु, तपाईंका आज्ञाहरूबाट मलाई बहकेर जान नदिनुहोस्। तपाईंको विरुद्धमा पाप नगरूँ भनेर, तपाईंको वचन मैले मेरो हृदयमा सुरक्षित राखेको छु।