मत्ती 27:62-66
मत्ती 27:62-66 NNRV
भोलिपल्ट, अर्थात् तयारीको दिनको भोलिपल्ट, मुख्य पूजाहारीहरू र फरिसीहरू पिलातसकहाँ भेला भए, र भने, “हजूर, हामीलाई याद छ, कि त्यस ठगाहाले जिउँदो छँदा, ‘तीन दिनपछि म फेरि उठ्नेछु’ भनेको थियो। यसकारण तेस्रो दिनसम्म त्यो चिहान सुरक्षित राख्नलाई हुकुम गर्नुहोस्, नत्रता त्यसका चेलाहरूले आएर त्यो चोरेर लैजालान्, र ‘त्यो त मरेकोबाट जीवित भई उठ्यो’ भनेर मानिसहरूलाई भन्नेछन्, र त्यो पछिल्लो धोका पहिलोभन्दा अझ नराम्रो हुनेछ।” पिलातसले तिनीहरूलाई भने, “तिमीहरूको आफ्नै पहरा छँदैछ। जाओ, तिमीहरूले सकेसम्म सुरक्षित राख।” तब तिनीहरूले गएर ढुङ्गामा मोहोर लाए, र पहरादारहरू खटाएर चिहान सुरक्षित राखे।