YouVersion Logo
Search Icon

लूका 18:1-5

लूका 18:1-5 NNRV

तिनीहरू सधैँ प्रार्थना गरिरहून्‌ र निराश नहोऊन्‌ भन्‍ने हेतुले उहाँले तिनीहरूलाई एउटा दृष्‍टान्‍त भन्‍नुभयो: “कुनै एउटा सहरमा परमेश्‍वरको भय नमान्‍ने र मानिसको वास्‍ता नगर्ने एक जना न्‍यायाधीश थिए। त्‍यसै सहरमा एउटी विधवा थिई। त्‍यो तिनीकहाँ आइरहन्‍थी, र भन्‍थी, ‘मेरो वादीको अगि मेरो न्‍याय गरिदिनुहोस्‌।’ “तिनले केही समयसम्‍म त मानेनन्, तर पछिबाट तिनले आफ्‍नो मनमा भने, ‘म परमेश्‍वरको डर मान्‍दिनँ। मानिसको वास्‍ता पनि गर्दिनँ। तर यस विधवाले मलाई हैरान पारेकी हुनाले म त्‍यसको न्‍याय गरिदिनेछु, नत्रता तिनी एकोहोरो आएर मलाई वाक्‍क बनाउनेछे’।”

Free Reading Plans and Devotionals related to लूका 18:1-5